बागलुङ, २८ असार– नबिल बैंक लिमिटेडले डिजिटल अबधारणाको रुपमा ‘नबिल डिजि बैंक’ स्थापना गरेको छ । ग्राहले आँफूले चाहेको समय, ठाउँ र सुबिधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरी प्रविधिमा आधारित बिधि ल्याएको बताइएको छ ।
बैंकले ३६ औं बार्षिकोत्सवको अबसरमा अनलाईन, अन्तरक्रिया मार्फत कार्यक्रम घोषणा गरेको हो । बैंकले नबिल डिजी बैंक मार्फत ग्राहकले चाहेको समय, ठाउँ र सुबिधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने व्यवस्था गरिएको बागलुङ शाखाका प्रमुख सुशान्त श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजि बैंक ग्राहकको सेवामा सर्मपित रहेको बताए । उनले आगामी दिनमा बैंकलाई सूचना प्रविधिमा सुसज्जित बनाउने प्रतिबद्धता जनाए । सूचना प्रविधिमा आारित सेवा दिने रणनीतिलाई यो बिधिले सहज बनाउने उनको धारणा छ । नबिलले भारतको आइसिआइसिआइ बैंक तथा सुचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनीनितिक साझेदारी समेत आरम्भ गरिसकेको उनले जानकारी दिए ।
नबिलबैंकलाई अत्याधुनिक प्रविधिमैत्री बनाउने लक्षले शाहले बैंकका नायव महाप्रबन्धक बिनयकुमार रेग्मीको नेतृत्वमा ‘नबिल डिजि बैंक’ नबिल बैंकको स्थायी संरचना इकाइ रहने बताए । उनले बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयालाई अनिवार्य प्रस्थान बिन्दु बनाउन निर्देशन दिएका छन् । यो बिधिले नेपालको आर्थिक सेवा क्षेत्रमा ठूलो क्रान्ति ल्याउने उनले दाबी गरे । मोवाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाले लाखौं ग्राहकमा डिजिटल रणनीति र पारस्परिक बैंकिङ पद्दती मार्फत फिन्टेक र अन्य पक्षको सहकार्यमा इकोसिस्टममा आधारित बैंकिङ र आर्थिक सेवाको प्रयोग गर्ने बताए । हुवावे टेक्नोलोजीज्, नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ सुगेनले नबिलले ३६ बर्षको इतिहास रच्न सफल भएको बताए ।





