पर्वत, २८ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङका पहिरा पीडित परिवारलाई हङकङ स्थित सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्लुङ सम्पर्क मञ्च हङकङले आइतबार पीडित परिवारका सदस्यहरुलाइ ५ लाख ३६ हजार ९६ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
मञ्चका सहसचिब बिरोधबिक्रम गुरुङ्गले पीडिततहरुलाइ नगद सहयोग हस्तान्तरण गरेका हुन् । मञ्चले पीडित ओमबहादुर थापा र बिकास बिकलाई प्रति परिवार २ लाख नगद सहयोग गरेकोे छभने माइतीमा आएका बेला मृत्यु भएकी दिर्पा थापाको परिवारलाई ७० हजार सहयोग गरेको छ ।
यसैगरी पहिरोमा घर भत्केका बिनोद सार्कीलाई २५ हजार, भुवन गिरीलाई १२ हजार १ सय सहयोग गरेको समाजले जनाएको छ । यस्तै पहिरोमा बिस्थापित भएका नन्दी गुरुङ्ग र पशुपति सिञ्जालीलाई प्रति परिवार १२ हजार रुपैयाका दरमा सहयोग गरिएको छभने पहिरोको समयमा मानवीय उद्दारमा खटिएकी स्वास्थ्य चौकीकी कार्यलय सहयोगी इश्वरी शर्मालाई पनि ५ हजार सहयोग गरिएको छ ।
मञ्चले हङकङमा रहेका अरु बिभिन्न सामाजिक संस्थाहरुले मञ्चले चलाएको सहयोग अभियानमा सघाएका थिए । सहयोग हस्तान्त्रण गर्दै मञ्चका सहसचिब बिरोधबिक्रम गुरुङ्गले दुर्लुङमा भएको मानवीय क्षतिले सबैलाई दुखी बनाएको बताए । बिपद्का समयमा परदेशबाट समेत सघाउनु आफ्नो दायीत्व भएको उनको भनाई थियो ।
वडाअध्यक्ष तेजप्रसाद पाध्याले दाताहरुलाई धन्यावद ज्ञापन गरे । कार्यक्रममा स्वागत वडा सदस्य यमनाथ शर्मा र सञ्चालन वडा कार्यालयका सचिब यामप्रसाद शर्माले गरेका थिए । दुर्लुङमा जेठ ३१ गते राती गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो धेरै परिवार बिस्थापित भएका छन् । पहिरो गएपछि रोकथाम र पुर्नस्थापनाको काम समेत भैरहेको छ ।





