सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा पनि मनाईयो भानु जयन्ती

बागलुङमा पनि मनाईयो भानु जयन्ती


  • ढोरपाटन संवाददाता
  • असार २९ २०७७, सोमबार

बागलुङ, २९ असार– आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २ सय ७ औं भानु जयन्ती बागलुङमा मनाइएको छ । कोरोना कहरबीच धौलागिरी साहित्य प्रतिष्ठानले भानु जयन्ती मनाएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भाषाको एकीकरण भानुभक्तबाट भएकोले उनको सम्मान हुने गतिविधिमा सबैको चासो र चिन्तन हुनुपर्ने बताए । उनले भानुभक्तलाई पनि शिक्षा दिएका मुलपानीका बीरशाली पन्तको स्मृतिमा प्रतिष्ठान गठन गर्ने र कार्यक्रम गर्ने समूह तयार भएमा नगरपालिकाले लगानीसमेत गर्न सक्ने उनले बताए । भानुभक्त आचार्यले पन्तसँग भाषा पढेको भन्ने किंबदन्ती छ । कतिपय बिद्वानले उक्त कुरा प्रमाणित भएको तथ्य पनि अगाडि सारेका छन् ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्यामपसमा उपप्राध्यापक हरिप्रसाद पाण्डेयले भानुभक्तका तत्कालिन कृतिले नेपालको बर्तमान परिवेशलाई समेत अझै उत्तिकै दर्शाएको बताए । रामायणमार्फत आदर्श पुरुषको उदाहरण प्रस्तुत गरेको भन्दै उनले बधुशिक्षाले नागरिकको कर्तव्य प्रस्तुत गरेको बताए । नेपालको सरकारी संयन्त्रमा काम नहुने र भोली भोली भन्दैमा दिनहरु बिताउने प्रवृत्तिको तिखो व्यङयमा पनि भानुभक्तले दुइसय बर्ष अघिनै आबाज उठाएको टिप्पणी गरे ।
धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापाको संचालन र कोपिला कंडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बिद्यामन्दिर माबिका पूर्व प्रअ जनन्नाथ आचार्य, मुलपानी माबिका पूर्व प्रअ मेघराज पाण्डे लगायतले बोलेका थिए । यस अघिका भानु जयन्तीमा भानु चित्रलेखन, लगायतका क्रियाकलाप गरिदै आएकोमा कोरोना संक्रमणको कठिन परिस्थिति भएकोले सामान्य स्मरणको कार्यक्रम मात्र गरिएको अध्यक्ष काजी रोशनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->