बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमालपारीका जिल्लाका आइसोलेसन खाली

हिमालपारीका जिल्लाका आइसोलेसन खाली

गण्डकीमा ३ हजार २२२ क्वारेण्टिनमा


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

पोखरा, ३० असार– संक्रमण जितेर घर फर्कनेको संख्यासमेत बढ्दै गर्दा गण्डकीका २ जिल्ला कोरोरामुक्त बनेका छन् । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा संक्रमित भएका १–१ जनाले कोरोनालाई जितेपछि ती दुबै जिल्ला कोरोना कहरबाट हाललाई मुक्त भएका हुन् । यद्यपि, दुबै जिल्लाका आइसोलेसन पनि खाली छन् । मुस्ताङमा ९ र मनाङका २० जना क्वारेण्टिनमा भने बसेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कास्कीमा ४११ जना क्वारेण्टिनमा रहेका छन् । कास्कीमा ९३५ जनालाई राख्न मिल्ने क्वारेण्टिन बनाइएको छ । लमजुङमा २३२,गोरखामा २२६,तनहुँमा ४२९,नवरपरासीमा ४०३,स्याङ्जामा ४०३,बागलुङमा ५६०,म्याग्दीमा १५८ र पर्वतमा ४१४ गरि गण्डकीमा हालसम्म ३ हजार २२२ जना क्वारेण्टिनमा रहेकाका छन् । उनीहरु परीक्षणपछि घर फर्कनेछन् । यता,गण्डकीमा ८७.४२ प्रतिशत पुरुष र १२.५२ महिला गरी कुल १ हजार १९९ जनामा संक्रमण देखिएको छ । तीमध्ये ७५७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा महिलाको संख्या १४२ रहेको छ । लमजुङमा ६ जना पुरुष र २५ जना महिला गरि ३१ जना,म्याग्दीमा ५ महिलासहित १७ जना,कास्कीमा १७ महिलासहित ७१ जना,पर्वतमा ११ महिलासहित ७१ जना,गोरखामा ४ महिलासहित ५९ जना, तनहुँमा १६ महिलासहित १०० जना,स्याङ्जामा २४ महिलासहित १२७ जना बागलुङमा ४२ महिलासहित १७४ जना र नवलपरासीमा १७ महिलासहित १०५ जनाले कोरोना जितेका हुन् । गण्डकीमा कोरोनाबाट ४जनाको मृत्यु भइसकेको छ ।
यता, प्रदेशका जिल्लाहरुमध्ये कास्कीमा ६४३ जना भारत र ५७१ जना तेस्रो मुलुकबाटभित्रिएको तथ्याङ्क रहेको छ । स्याङ्जामा १ हजार १९ भारतबाट र २४४ तेस्रो मुलुकबाट, तनहुँमा २९१ तेस्रो मुलुकबाट र १९२० भारतबाट, गोरखामा १५२ तेस्रो र ५६४ भारतबाट,बागलुङमा २४६८ भारत र २६० तेस्रो मुलुकबाट,नवपुरमा २०५७ भारत र ३४८ तेस्रो मुलुकबाट, लमजुङमा २०४ भारत र १७१ तेस्रो मुलुकबाट, पर्वतमा ७५३ जना भारत र १२१ तेस्रो मुलुकबाट,म्याग्दीमा २०७ भारत र १८९ तेस्रो मुलुकबाट र मनाङमा ७ जना भारत र २ जना तेस्रो मुलुकबाट नागरिक भित्रिएका छन् । मुस्ताङमा भने १ जना भार र २ जना तेस्रो मुलुकबाट आएका नागरिक मात्रै रहेका छन् ।
गण्डकीमा १३९७ वटा आइसोलेसन बेड रहेकोमा ४५२ वटामा मात्रै बिरामी राखिएको जनाइएको छ । कास्कीमा २४, लमजुङमा ३३, गोरखामा ३८,तनहुँमा ५९, नवलपरासीमा १६०, स्याङ्जामा ६०, बागलुङमा ४९, म्याग्दीमा ७ र पर्वतमा २२ जना आइसोलेसनमा रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ । संक्रमण बढ्दा आइसोलेसनमा संख्या बढ्ने पनि निर्देशनालयले जनाएको छ । यता, पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा परीक्षण भएको स्वाबमा ५ जिल्लाका ७ जना संक्रमण पुष्टि भएको हो । तनहुँ घिरिङ गाउँपालिकाका २ जना पुरुष, पर्वत मोदी गाउँपालिकाका १ जना महिला, बागलुङ तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाका १ पुरुष र १ महिला, म्याग्दी मालिका गाउँपालिकाका १ जना पुरुष र स्याङ्जा पुतलीबजार नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->