आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कहिलेसम्म नेकपा विवाद

कहिलेसम्म नेकपा विवाद


  • दुर्गा भण्डारी
  • साउन १ २०७७, बिहिबार

नेपालको प्रमुख राजनैतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तीन साताअघि देखिको सत्ता विवाद अझै टुङगो लागेको छैन । गत असार १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा अचानक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको बिषय एकाएक प्रवेश गरेको थियो । त्यति मात्र होइन, प्रधानमन्त्रीको पार्टी अध्यक्ष समेतबाट राजिनामाको माग, दहाल नेपाल समूहका स्थायी समिति सदस्यहरुले गरेका थिए । बहुमतको नाम दिएर गरिएको घेराबन्दी न त पार्टीको विधानसम्मत नै छ । न त मुलुकको संबिधान सम्मत नै छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको बेलामा दुई अध्यक्षको सहमतिका आधारमा सहकार्य गर्ने भन्ने उल्लेख थियो । नेकपा एमालेको नवौं महाधीबेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित भए पछि प्रत्यक्ष रुपमा दुई गुट कायमै थियो । एमाले नेतृत्वमा केपी शर्मा ओली आए पश्चात रहर लाग्दो पार्टी बन्यो । अघिल्लो कार्यकालमा पनि केपी ओलीको राष्ट्रीयताको पक्षमा उभिएका कारण एमालेको जनलहर देखियो । यद्यपि, एमाले भित्र अध्यक्षमा पराजित भएपश्चात पनि माधव नेपाल गुट भित्र तुष कायमै रहिरहेको थियो । एमाले भित्रको स्पष्ट गुट हुँदाहँुदै पनि दुई पार्टी एकीकरण भयो । अहिलेको बिवाद भनेको पार्टी भित्रको शैद्धान्तिक बिषयमा होइन । कथित बहुमतको दम्भको आडमा प्रधानमन्त्रीलाई पाखा लगाउन रचिएको षड्यन्त्र मात्र हो । नेताहरुमा पदको लोभले सिद्धान्त खोक्रो बन्दै गएको छ । एमाले र माओवादी पार्टी एक भए पनि सिङगो पार्टी अन्तरघुलन हुन सकेन । दुवै पार्टीका केवल स्वार्थी समूहको मात्र ठाउमा अन्तरघुलन भयो । यो अप्राकृतिक नाटकमंचन पनि यसैको उपज हो । आफ्नो स्वार्थका लागि बिधी विधान र सम्झौताको दुहाई दिनेहरु अहिले पार्टी विधान र मर्म विपरित कार्य गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, जसले सफा मन र स्वच्छ भावनाका साथ चिरा परेका, अस्तित्व नै संकटमा परेका कम्युनिष्टहरुलाई एक बनाउने सपना बुन्नुभयो । यसो गर्नु उहाको गल्ति हो र ?
संसारबाट हराउदै गएका कम्युष्टिलाई, नेपालमा भने उदाउँदो अवस्थामा पु¥याउनु भयो । अहिलेको यो झगडा यही दुईतिहाईको फल खान गरिएको हो । विगतमा ९÷९ महिनामा कम्युनिष्टहरुको सरकार परिर्वतन हुन्थ्यो । कम्युनिष्टहरुले मिलजिुली सरकारमा चित्त बुझाउनुपथ्र्यो, सरकारको नेतृत्व गर्न पाएका थिएनन् । केपी ओली नेतृत्वको कम्युनिष्टहरुको दुई तिहाईको स्थायी सरकार गठन भयो । अब मुलुकमा राजनैतिक स्थायीत्व हुन्छ भनेर धेरै युवाहरु आषाबादी बनेका थिए । सरकारले दिर्घकालीन महत्व राख्ने कामहरुको सुरुवात् पनि गर्दै थियो । तर अर्का अध्यक्ष प्रचण्डले स्थायीत्व, बिकास र समृद्धिको जन चाहना देखि सहेनन् । सरकार गठन भएदेखि नै गिराउने खेलमा एकपछि अर्को गर्दै लफडा (समस्या झिक्दै गए) । अनाहकमा सरकारलाई उनीद्धारा पालित पोषित मिडियामार्फत् भ्रम फिजाउन तल्लीन भए । एकपछि अर्कोगर्दै काण्ड रचेर आफ्नै पार्टीको सरकारको बद्नाम गराउन पाएकोमा मख्ख परे रमिते बने । सरकारको, प्रधानमन्त्रीको बद्नाम गराएर आफू सत्तामा पुग्न पाइन्छ भन्ने सोचले काम ग¥यो । दाहाल नेपाल समूह मिलेर अहिले प्रधानमंत्री बिरुद्ध जुन षडयन्त्र गरेका छन् बद्नाम गरेका छन् । त्यो घृणित कामले पार्टी र कार्यकर्तालाई कति धेरै क्षति पुगेको छ । यस्तो चलखेलले पार्टीको साख गिरेको छ । अवका दिनमा कम्युनिष्ट पार्टी उठ्न नसक्ने गरि थला परेको छ । जनता सामु कुन मुख लिएर निर्वाचनमा जाने ? अहिले सरकारले कोभिड बिरुद्धको अभियानमा आफ्नो क्षमता अनुसार राम्रै काम गर्दै आएको छ । अन्यथा नहोस्, यति धेरै संक्रमित हुँदा पनि मृत्यु हुनेको संख्या न्यून । संक्रमण पनि समुदाय स्तरमा नफैलिएको होसियारीका साथ काम गरेकै थियो । पछिल्लो घटनाक्रमले पार्टी र सरकारको उचाई झन बढ्दै गएको थियो । ती कामलाई क्यास गर्नको सट्टा, दीर्घकालिन रुपमा नेकपा र सरकारको नेतृत्व गर्छु भन्नु सट्टा उल्टै आफ्नै पार्टीको सरकारको बदनाम गराएर पार्टी र प्रधानमन्त्री फाल्ने षड्यन्त्रमा लागेका छन् । त्यै पनि भारतको आडमा । नेताहरुको गतिविधि हेर्दा साढे दुई वर्षका लागि मात्र गरिएको राजनीति रहेछ भन्नुपर्ने हुन्छ । त्यस पछिको भबिष्य के हुन्छ ? बेलैमा बिबेक पु¥याउनु प¥यो । यी नेताहरुले यो बुझ्न जरुरी छ कि केपी शर्मा ओलीको नेतृत्व बिहिन नेकपाको कुनै अर्थ पनि छैन र आर्कषण पनि छैन । त्यसकारण त्यस्तो कुराको परिकल्पना नगर्दा नै भलो हुन्छ । प्रधानमन्त्री पद पनि उहाँकै कारणले बहुमत प्राप्त गरेर पाएको पद हो । त्यसकारण केपी ओलीको दूरदृष्टि जनताका मुर्झाएका सपना बिउझाउने गरेका कारण केपी ओली जता जता कार्यकर्ताको ठूलो पंंक्ति र जनमत पनि त्यतै हुन्छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टी फुटाउन पार्टी भित्र कै मुख्य व्यक्तिहरुको भारतीयहरुको इसारामा चलखेल बढेको छ । पार्टी भित्र अहिले सत्ता स्वार्थलाई लिएर कतिपय नेताहरुमा बिचलन आएको देखिन्छ । एकदिन एउटा सहमति जुट्यो अर्को दिन आफैले गरेको सहमति भत्काउने गरेका छन् । पार्टीको विधान अनुसार एकताको महाधिवेन नहुन्जेल सहमति र सहकार्य गर्ने, त्यसैगरी मंसिर ४ गते गरेको सहमति अनुसार अर्का अध्यक्ष प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार दिने र प्रधानमन्त्रीमा केपी शर्मा ओलीले ५ वर्ष चलाउने निर्णय भएको थियो । तर सबै सहमतिलाई तोडेर स्वार्थका लागि भारतको हितमा बन्ने सरकारको न जनसर्मथन हुन्छ न कार्यकर्ता कै सर्मथन रहन्छ । नेपालमा लामो समयदेखि अस्थिरता र सत्ताका लागि फोहरी भएको छ । अहिले फेरि त्यसैको पुनराबृति गर्ने दुष्साहस भएको छ । प्रधानमन्त्रीको दावी छोडिसकेका हक पनि नलाग्ने पुष्पकमल दहाल प्रचण्ड र चुनाव हारेका माधव नेपाल प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि षड्यन्त्र गर्न लागि परेका छन् ।
वास्तवमा अहिले पार्टीका मुख्य नेताहरुलाई पदको ब्यवस्थापन गर्ने बेला होइन । पदको ब्यवस्थापन गर्ने हो भने दश लाख संगठित सदस्यको पनि ब्यवस्थापन गर्नुपर्छ । पदका लोभी पापी नेताहरुलाई पदमा पु¥याउन पार्टी नै दाउ लाउने गरी कार्यकर्ताको भावनामा खेल्ने पाउने छुट कुनै नेतालाई छैन । यस्तो कार्य जवजस्ती गरिन्छ भने आगामी चुनावमा कार्यकर्ता र जनताले अवश्य हिसाव किताव राख्नेछन् । अध्यक्ष पदको र्निक्यौल महाधीबेशनले मात्रै गर्छ । कसैलाई अध्यक्ष पाईन भन्ने कुण्ठा छ भने महाधिबेशनमा जितेर देखाउनु प¥यो । जुन पद आफुले आर्जन गरेकै हैन त्यो पदमा लोभ गर्नुको कुनै औचित्य छैन । आफै संकटमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का कारणले चुनावमा बहुमत प्राप्त गर्ने कुरा झनै भएन । एमालेको प्लेटफर्ममा रजाई गर्न पाएका छन् । स्वयं दनहाल र नेपाललाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जित्न हम्मेहम्मे परेको थियो । केपी ओली अस्वस्थ्य हन्ुदा पनि मेची महाकाली गर्नुभएको थियो । यो बहुमत स्थिरता, बिकास र समृद्धिको लागि हो । यसरी बिचैमा सरकार ढाल्ने षडयन्त्र गर्दा पार्टी भित्र दुर्घटना हुन सक्छ । त्यो बेला आफ्नो अस्तित्व के हुन्छ ? बेलैमा बुद्धि पु¥याऊ । क्ष्यणिक राजनीति गर्ने की दिगो नेतृत्व दिने च्वाईस आफैसँग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->