आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कृषिमा युवाको पहुँच र वैदेशिक रोजगारपछिको सोच

कृषिमा युवाको पहुँच र वैदेशिक रोजगारपछिको सोच


  • काशिराम पौडेल
  • साउन १ २०७७, बिहिबार

आदरणीय देशका होनाहार युवा वर्गमा नमस्ते !
देशको बदलिँदो आर्थिक अवस्था र घट्दो वैदेशिक रोजगारीको अवसरलाई फर्केर नियाँल्दा, यतिबेला हाम्रो श्रम बजार साँघुरिएको छ भने बेरोजगारीको अवस्था भयावह हुँदा रोजगारीको अवसर कम र आर्थिक अभावको समस्या बिकराल बन्दै गहिरहेको छ । वैदेशिक रोजगार, व्यापार व्यवसाय वा अध्ययनको सिलसिलामा विश्वभर छरिएर रहनुभएका आम नेपाली दाजुभाइ दिदिबहिनीहरु आफ्नो घर नेपाल आउन नपाएर बिदेशमा अड्किनु भएको छ । अझ भनु वैदेशिक रोजगारीको लागि मलेसियामा र खाँडिका देशमा त झन गम्भीर र भयावह अबस्था छ । यतिबेला विदेशमा रोजगारी गुमेर वा व्यावसाय डुबेर अलपत्र पर्नु भएको मानिस धेरैको सोचाइ छ । नेपाल फर्कन त पाऊँ म जिन्दगीभर विदेश जान्न भनेर आफ्नै माटोमा पसिना बगाउने सोचले लगानी गर्छौँ ।
तर, अपसोच हामी विदेशका गल्लीमा २÷४ महिनाको लकडाउनको दुःख सम्झेर वा सुखसयल खोजेरभन्दा पनि नेपालमा अवसरको कमी र काम गर्ने वातावरण नहुँदा निराश बनेर पुन ः त्यही हरियो पासपोर्ट बोकेर कुनै अर्को देश लाग्न विवश हुनेछाँै ।
विदेशी गल्लीमा भौतारिँदै गर्दा मानसपटलमा कुरा खेलाउछौँ र सोच्न बाध्य हुन्छाँै। हाम्रा हजुरबाहरुको पालामा ७र८ जना छोराछोरी पालेर मज्जाले खेती किसानबाट धानेको जीवन यतिबेला किन २÷४ जनाको परिवार धान्न करिब असम्भव प्रायः जस्तो भैसक्यो । घोत्लिदै त्यसको कारण के त भनेर सोच्दा केही प्रश्न मनमा उब्जिन्छ । जाबो २०÷२५ हजार मासिक कमाउन किन परिवार ,आफन्त परिवार बाट गुमनाम भएर टाढा बस्ने? अनि वर्षौँपछि भेटिएका आफ्ना छोराछोरी साना नानीबाबुले बाबाआमासँग गर्ने व्यवहारले कटक्क मन कुडाउँदा कसरी तिनको बाल मस्तिष्कमा माया र ममता भर्ने?
हामी सबैले अनुभव गरेको छौँ । ती अबोध बालबालिकाले आफ्नै आमा र बाबालाई नचिन्दाको तीतो यथार्थ नेपाली समाजको यथार्थ परिदृष्य हो भनेर । परिवार बिग्रेर समाजमा बदनाम भएको १ कालो काल्खण्डको देखाई भोगाइको अनुभव सायद सबैसँग छ । त्यसैले यी सबै समाजिक विकृति ,टाढिएको परिवार र घर समाजमा ती साना कलिला नानिबाबुका सुनौलो भविष्य मार्ग निर्देशन गर्न पनि अब युवाहरु आफ्नै ठाउँमा उभिनु पर्छ समाजको ऐना र परिबर्तनको खम्बा बनेर । ती कलिला मस्तिष्क र हातमा तिमीले यो देशको माटोप्रति स्नेह जगाएर छोड्नु हुन्न । र हामीले यही देशमा केही गर्न आवश्यक छ है भन्ने कुरा बुझाउन जरुरी छ ।त्यसो भए वैदेशिक रोजगारीमा गएर फर्किएका युबाले के गर्ने ? र कसरी समाजमा टिकेर कृषि क्षेत्रमा काम र लगानी गर्न सकिन्छ ,भन्ने उदेश्यले वैदेशिक रोजगारी र स्वदेशमा रहनु भएका केही सकृय साथिहरुले सामुहिक प्रयास गरि कृषिमा लागेर देशलाई आत्म निर्भर बनाउने कार्ययोजनामा लागि परेका छौँ । देशभर भएको युवा साथीलाई हातमा हात जोडेर हातेमालो गर्दै देश दुखेको देख्न सक्ने समूह तयार पारेर देशमा केही गराँै भन्ने उदेश्यका साथ लागि परेको छौँ ।
त्यही समूह हो हरेक वर्ग क्षेत्रका सक्रिय साथीहरू लाई समेटेर कृषिमा कायापलट ल्याउने योजना र कोसिस गर्दै छौँ । साथै बिदेश बाट फर्किएर ठूलो उदेश्यका साथ कृषिमा केही गर्छु भनेर लगानी गरेको युवाहरुले १ बर्ष या ६ महिनामानै पलाएन भएको तितो यथार्थलाई पनि हामिले भुलेका छैनौँ ।
र, त्यस्तो युवा साथिहरुलाई प्रोत्साहन गर्न र पुन फर्केर कृषिमा केही गर्न चाहने मित्रलाई सामूहिक खेतिमा सक्षम र सबल बनाउने र पुन निराश भएर परदेश जान नपर्ने हेतुले तयार गरिएको समूह हो,युवा स्वरोजगार समूह । नेपालमा वर्षाँैदेखि कृषि उत्पादन भएर पनि बेच्न नपाएर फालिएका ,पुरिएका वा बारीमा नै तरकारीमाथि ट्रयाक्टर लगाएको दृश्य सबैले देखे भोगेको छाँै ।बिचौलियाको बिगबिगी र स्वदेशमा उत्पादन भएको तरकारी र फलफूलले उचित बजार नपाउनु र विदेशबाट आयात गरेको तरकारीलाई प्रोत्साहन गरेर बेचिएको देखेका छाँ ै।
अब हामी प्रत्येक नागरिकले यो कुरालाई कसरी नियन्त्रण र आम उपभोक्तालाई सस्तोमा गुणस्तरको अर्गानिक बस्तु उत्पादन गरि बिना चिन्ता उपभोक्तासम्म पु¥याउनु पर्छ भन्ने उदेश्य र अनुरुप अनुसार तयार पारिएको संस्था हो । युवा स्वरोजगार कार्यक्रम गाउँगाउँमा पुग्नुपर्छ र प्रत्येक नागरिकले विदेशी तरकारीलाई विस्थापित गर्दै उन्नत देश विकासमा लागेर आर्थिक लाभ हासिल गर्नुपर्छ भन्दै जोडदार माग उठाउँदै आएको छ । देशको खेतीयोग्य जमिन २५ लाख हेक्टर छ र लगभग १५.५ जमिन बाँझिएको छ । त्यसमध्ये झन्डै १७ लाख ६६ हजार हेक्टरमा सिंचाइको सुबिधा पुगेको सरकनरी तथ्यांक छ । आफ्नो खेतमा उत्पादन भएको बस्तु बजारीकरण गर्न ,आपूर्ति ढुवानी गर्नको साथै मल बीउ बिजनमा अनेकौ समस्या छन् । त्यस्तै चुनौतीका कुराहरू रोग किरा लाग्नु समयमा कृषि औजार जस्ता सामानको उपलब्धता नहुनु रहेका छन् । त्यसो भए वैदेशिक रोजगारिबाट फर्किएका र स्वदेशमै केही गर्न चाहाना राख्ने युवाले के गर्ने त ? भन्ने प्रश्न खडा हुन सक्छ । स्वदेश तथा विदेशमा रहेको युबाहरुलाई कृषिकर्ममा कसरी लाग्न प्रेरित गर्ने गुणस्तरीय अर्गानिक उत्पादन तथा कृषि क्षेत्रमा कसरी टिकाएर कृषि कर्ममा प्रोत्साहन गर्ने भन्ने काममा जोडदिने कुरा महत्वपूर्ण हुन आउँछ ।
त्यसैले,तपाईंको रुचि , स्थानीय उत्पादनमा जोड बजारीकरणको जिम्मेवारी के के हुनसक्छ भन्ने कुरा मनन गरि कृषि क्षेत्रमा व्यापक लगानी र युवा आकर्षण गर्ने उदेश्यले वैदेशिक रोजगारी र स्वदेशमा रहनु भएका केही सकृय साथिको सामूहिक प्रयासमा देशलाई कसरी आत्मनिर्भर बनाउने योजनामा लागि परेका छौँ । देशभरका जुझारु युवा साथीलाई हातमा हात जोडेर हातेमालो गर्दै देश दुखेको समुहले तयार गरेको समूह हो । ‘हातेमालो जागरुक युवा समूह’ हरेक वर्ग र क्षेत्रका सक्रिय मानिसलाई समेट्ने कोसिस गर्दै छौँ। विदेशी बाट ठूलो उदेश्य लिएर यही देशको माटोमा कृषि कर्ममा लागेर केही गर्छु भनेर आएको युवाहरुलाई अझ उर्जा र जाँगर भरेर प्रोत्साहन गर्न र कृषिमा केही गर्न चाहने साथिलाई सक्षम र सबल बनाउने र पुन ः निराश भएर परदेश जान नपर्ने हेतुले तयार गरिएको समूह हो, हातेमालो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->