बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाल यौन दुब्र्यवहारको आरोपमा श्रेष्ठ पक्राउ

बाल यौन दुब्र्यवहारको आरोपमा श्रेष्ठ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७७, शुक्रबार

पर्वत, २ साउन – जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुब्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा जिल्लाको बिहादी गाउँपालिका १ बाच्छाका ४४ वर्षीय गोपालबहादुर क्षेत्री रहेका छन् । उनले गत असार ३१ राती साढे १२ बजेको समयमा १५ बर्सिया एक बालिकामाथि करणी गर्ने मनसायले बालयौन दुब्र्यवहार गरेको आरोप लागेको छ । पीडित भनिएकी बालिकाकी आमाले यस विषयमा प्रहरी उजुरी गरेपछि इलाका प्रहरी कार्यालय हुवासबाट गएको प्रहरी टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
आरोपित क्षेत्रीका विरुद्धमा बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत पर्वतमा करणी सम्बन्धी कसुर अन्तर्गतको बाल यौन दुब्र्यवहारमा मुद्दा दर्ता गरी पहिलो पटक ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->