बागलुङ, २ साउन– नबिल बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण ऋणीमा परेको असरको ध्यान दिएर व्याज घटाएको छ । ३६ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले रिटेल कर्जा अन्र्तगत घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला व्यवसाय कर्जामा व्याज छुट दिएको हो ।
बैंकका बागलुङ शाखा प्रमुख सुशान्त श्रेष्ठले दिएको जानकारी अनुसार घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत व्याजदर तोकेको छ । सिमित समयको लागि यो छुट दिइएको समेत उनले जानकारी दिए । यो योजनाले रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकलाई सहायता पुग्ने बताइएको छ ।
बैंकले देशभरका १ सय १८ शाखा र १ हजार ५ सय बढी नबिल रेमिट एजेण्टबाट पनि यो सेवा दिएको छ । ‘ग्राहक वर्गको उच्च सन्तुष्टी र आधुनिक बैंकिङ युगको लागि बैंकले काम गरिरहेको छ’ श्रेष्ठले भने ।





