सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक संग्रहालय

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक संग्रहालय


  • राम बहादुर थापा
  • साउन ३ २०७७, शनिबार
df}lns ;+:s[lt afun'ªsf] tf/fvf]nf ufpFkflnsf–@ cu{ndf dgfOg] k/Dk/fut e'; kf]Ng] kj{df ;xefuL cltlysf] :jfut tyf ;Ddfgdf ;f]/7L uLt tyf g[To k|:t't ub}{ :yfgLojf;L . afun'ª,@( sflQs -/f;;_

बागलुङ, ३ साउन– ताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रितीथिती र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा थातथलो बसाएका थिए । तिनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्र््यएका पर्व र मेला अहिले पनि चल्तीमा छन् । ऐतिहासिक भुस पोल्ने, भदौरे सिस्नो खोस्नेलगायतका पर्व, अनि असारे र बर्खे मेला आदि ताराखोलाका मौलिक संस्कृति हुन् । दशैँ, तिहार जस्ता अन्य समुदायलेसमेत मनाउने ठूला चाडपर्वसँगै थुप्रै मौलिक पर्व, मेला र संस्कृतिमा यस समुदाय रमाउँछन् ।
हरेक पर्वका आआफ्नै परम्परा र विशेषता छन् । पुरानो पुस्ताले जोगाएको रैथाने संस्कृति जेनतेन धानिएको छ । संरक्षण र पुस्तान्तरण नहुने हो भने परम्परा लोप हुने खतरा छ । भविष्यमा यी चाडपर्व र मेला के हुन्छन् भन्ने चिन्ता छ । गाउँपालिकालाई समेत यस विषयले झक्झकाएको छ । मौलिक कला, संस्कृतिको उत्थान र जगेर्नामा गाउँपालिकाले प्राथमिकता दिएको छ । ‘बृहत् उद्देश्यका साथ बहुसाँस्कृतिक संग्राहालय बनाउने योजना अघि बढेको छ’, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने ।
परापूर्वकालदेखिको समाज, संस्कृति र जीवनशैलीको झल्को दिनेगरी संग्राहालय बन्ने उनको भनाई छ । संग्राहालय निर्माणका लागि गाउँपालिकाले आउँदो आ.व.मा २५ लाख बजेट विनीयोजन गरेको छ । संग्राहलयका लागि वडा नं. २ अर्गलमा जग्गा व्यवस्थापन भइसकेको छ । प्रदेश र संघ सरकारबाटसमेत लगानी जुटाएर यही वर्ष संरचना तयार गरिने उनले जानकारी दिए । संग्राहालय भवन दुईतले हुने छ ।
‘पहिलो तलामा पुरातात्विक महत्वका वस्तु र परम्परागत सामग्री संग्राह गरिने छ’, अध्यक्ष घर्तीले भने, ‘दोस्रो तलामा राजनीतिक परिवर्तनको आन्दोलनमा ताराखोलाले पु¥याएको योगदान समेटिएका तस्विर, वृत्तचित्रजस्ता सामग्री राख्ने योजना छ ।’ संग्राहालयले सिङ्गो गाउँपालिकाको इतिहास, कला, संस्कृतिका साथै ताराखोलामा रहेका सबै जातिय समुदायको पहिचानको प्रतिनिधित्व गर्ने जनाइएको छ । संग्राहालयलाई पछि साँस्कृतिक अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने सोच गाउँपालिकाको छ ।
बहुसाँस्कृतिक संग्रहालयले ताराखोलालाई नयाँ चिनारी दिने शिक्षक र एवं मगर अगुवा बिर्बलाल घर्तीमगरले बताए । ‘यो अत्यावश्यक थियो, गाउँपालिकाले स्वागतयोग्य कामको थालनी गरेको छ’, उनले भने, ‘संग्राहलयले युवा पुस्तालाई हाम्रो इतिहास र संस्कृतिबारे बुझ्न, अनुसन्धान गर्न सघाउँछ ।’ साँस्कृतिक भावना र एकतालाई सुदृढ तुल्याउन पनि त्यसबाट टेवा पुग्ने उनको भनाई छ ।
मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिवसमेत रहेका उनले आदिवासी, जनजाति समुदायका लोपोन्मुख संस्कृतिको संरक्षणमा स्थानीय तहले अग्रसरता लिनुपर्ने बताए । संस्कृतिसँग जोडिएका कलागत सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनको जोड छ । काठेखोला गाउँपालिका वडा नं. ७ रेश, गलकोट नगरपालिका वडा नं. ३ हटियालगायतका ठाउँमा पनि संग्रहालय निर्माणका लागि काम अघि बढाइएको छ । जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा भने यसअघि नै संग्रहालय तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->