सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुस्ताङ–बेनी सडकखण्ड चार दिनदेखि सडक अवरुद्ध

मुस्ताङ–बेनी सडकखण्ड चार दिनदेखि सडक अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७७, शनिबार

मुस्ताङ, ३ साउन– मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा चार दिन देखि सडक अवरुद्ध बनेको छ । वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिनअघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
पहिरोले अवरुद्ध सडकखण्ड खुलाउन शुक्रबारबाटै नेपाली सेना, म्याग्दी र मुस्ताङका जनप्रतिनिधिसहितको टोली पहिरो हटाउने काम खटिरहेको अर्यालले बताए । आइतबार बिहानसम्म पहिरो हटाइसक्ने अर्यालको भनाई छ । पहिरो हटाउन दुई वटा जेसिभी प्रयोग गरिएको छ । पहिरोले कालीगण्डकी थुनिएको भनेर भ्रामक प्रचार नगर्नसमेत उनले सबैलाई आग्रह गरेका छन् । मान्छे नभएको ठाउँमा नदीले कटान गरेको र जनधनको क्षति र कालीगण्डकी थुनिने सम्भावना पनि नरहेको प्रजिअ अर्यालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->