बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

न्यून ब्याजदरमा लगानी गर्दै एनआईसी एसिया

न्यून ब्याजदरमा लगानी गर्दै एनआईसी एसिया


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

पोखरा, ४ साउन– एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले यी योजनाहरुबाट ग्राहकहरुले बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा कर्जा लिनसक्ने जिकिर गरेका छन् ।
बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ,’ शर्माले भने, ‘उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।’
सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको उनले जनाए । जस अन्तर्गत अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको शर्माले जानकारी दिए । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम अवधिलिन सकिने र उक्त मोरेटोरियमअवधिमा ऋणिले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा छ । यस बाहेक ‘फ्लेक्जिवल इएमआइ’मार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध रहेको शर्माले जानकारी दिए ।
यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले ‘बन्डल अफर’ अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका व्यक्तिहरुले समेत यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने सुुविधा छ ।
सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकहरुले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकहरुले बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम रू. २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था छ ।
देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले विश्वास व्यक्त गरे ।सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जामार्फत ग्राहकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप आवश्यक कागजात प्राप्त भए पश्चात् बैंकले यी तीन वटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->