सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मौद्रिक नीतिको राहतले रमायो सेयर बजार, तीनपटक सर्किट ब्रेक

मौद्रिक नीतिको राहतले रमायो सेयर बजार, तीनपटक सर्किट ब्रेक


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७७, आइतबार

काठमाडौं, ४ साउन – नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले सेयर बजारमा उछाल आएको छ। मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसले सेयर बजारमा गजब माहोल ल्याएको छ। आइतबार सेयर बजारमा अनियन्‍त्रित  वृद्धि भएपछि तीनपटकसम्म सर्किट ब्रेक लगाउनुपरेको छ। बजार खुलेको छ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। त्यसपछि खुलेको बजार १ मिनेट पनि टिक्‍न सकेन । एक मिनेटमै एक प्रतिशत बढेपछि फेरि दोस्रो सर्किट लागेको थियो। चालिस मिनेटका लागि स्थगित बजार फेरि खुल्‍नसाथ उछाल आएपछि तेस्रोपटक सर्किट लागेर आइतबारका लागि बन्द भएको छ।
आइतबार बजार जम्मा ८ मिनेट २७ सेकेन्डमात्र कारोबार भएको छ। बजार ६% ले बढेपछि १२ बजेर ८ मिनेट जाँदा  कारोबार बन्द भएको हो। नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ विन्दुमा आइपुगेको छ। १११ कम्पनीको ६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ लाख ८० हजार ५९६ कित्ता सेयर कारोबार भएको छ । आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ।
राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५% बढाएर ७०% पुर्याएको हो ।
यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई  घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा  सहयोग पुग्‍ने लगानीकर्ताहरुले गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->