बागलुङ, ४ साउन– आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷७७ मा झण्डै एक अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको अन्तिम दिनसम्म कुल ९९ करोड ९७ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले गत आवका लागि तय गरेको लक्षभन्दा ३.५४ प्रतिशतले बढी राजश्व संकलन भएको कार्यालय प्रमुख हेमराज सुवेदीले बताए । ९६ करोड ७५ लाख ५४ हजार ९२ हजारको लक्ष्य लिईएकोमा त्योभन्दा धेरै राजश्व संकलन भएको उनले बताए । आर्थिक वर्ष २०७५÷७६ मा ६८ करोड १८ लाख २० हजार राजश्व संकलन भएको थियो ।
तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७५÷७६ को भन्दा ४६ प्रतिशतले राजश्व असुलीको दर बढेको छ । अघिल्लो आवको भन्दा असुलीदर बढेको र लक्ष्यभन्दा बढी राजश्व संकलन भएकाले लकडाउनको असर बागलुङस्थित कार्यालयले असुल्ने अंकमा नपरेको सुवेदीले दाबी गरे ।
आर्थिक वर्ष २०७६÷७७ मा संकलित राजस्वमा आयकर ६७ करोड, मूल्य अभिवृद्धि कर ३० करोड ३३ लाख ७ हजार, अन्तशुल्क २ करोड ४० लाख ५७ हजार रहेको छ । नेपाल सरकारले गएको चैत ११ गतेबाट घोषणा गरेको बन्दाबन्दीको प्रभाव सबैभन्दा बढी व्यवसायमा परेकाले लक्ष्यभन्दा बढी राजश्व संकलन हुँदा–हुँदै पनि त्यसको प्रतिशत कम रहेको कार्यालयले जनाएको छ ।
आव २०७६÷०७७ मा कार्यालयअन्र्तगत ३ हजार ८६९ जनाले व्यवसायीक स्थाई लेखा नम्बर लिएका छन् । व्यक्तिगत स्थाई लेखा नम्बर लिनेको संख्या सबैभन्दा धेरै १३ हजार ९८० छभने भ्याटमा दर्ता हुनेको संख्या २५४ रहेको कार्यालयले जनाएको छ । कार्यालयले यसअघिको आर्थिक बर्षमा रहेको बेरुजुलाई घटाएर १० प्रतिशतमा झारेको छ । ४ करोड ९५ लाख बेरुजु रहेको कार्यालयले ४ करोड ५० लाख बेरुजु संपरीक्षण गरि फछ्र्यौट गर्दै ९० प्रतिशत पु¥याएको हो । गत आवमा १४ स्थानमा करदाता शिक्षा, साविकको धौलागिरीका ४ जिल्लाका ८९ पसल बजारको अनुगमन गरेको कार्यालयले १ लाख ३५ हजार जरिवाना गरेको तथ्यांकमा उल्लेख गरेको छ ।





