शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

युवा किसान डुम्रेलाई दूध चिस्याउने मेसिन हस्तान्तरण

युवा किसान डुम्रेलाई दूध चिस्याउने मेसिन हस्तान्तरण


  • हिमलाल पराजुली
  • साउन ५ २०७७, सोमबार

स्याङ्जा, ५ साउन– वालिङ नगरपालिकाले ब्यवसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानलाई दूध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका १४ स्थित ‘पनियारे पशुपालन तथा कृषि फर्म’ संञ्चालन गर्दै आएका पिताम्बर डुम्रेलाई नगरपालिकाले गरीबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत दूध चिस्याउने मेसिन प्रदान गरेको हो ।
नगरप्रमुख दिलीपप्रताप खाँणले दूध चिस्याउने मेसिन हस्तान्तरण गर्दै ब्यावसायीक रुपमा काम गर्दै आएका किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सो मेसिन हस्तान्तरण गरिएको बताए । अब निर्वाहमुखी कृषि तथा पशुपालनभन्दा ब्यावसायीक रुपमा काम गर्नेलाई नगरपालिका आवश्यक सहयोग गर्न तयार खाँणको भनाई छ ।
ब्यावसायीक रुपमा काम गर्दा अप्ठारो परेको अवस्थामा नगरपालिकाले सहयोग गर्ने बताउदै नगरपालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउँनुका साथै उत्पादित बस्तुको बजारीकरणका लागि सहयोग समेत गर्ने नगरप्रमुख खाँणले प्रतिवद्वता जनाएका छन् ।
बैदेशीक रोजगारी छाडेर कृषि पेशामा आवद्व युवा ब्यावसायी डुम्रेले मेसिनले आफ्नो ब्यावसायमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । हाल डुम्रेको फर्ममा ९५ वटा गाईभैंसी छन् । दैनिक २७५ लिटर दूध उत्पादन गर्दै आएका डुम्रेले उत्पादन भएको दूध वालिङ, गल्याङ लगायतका स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->