बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध भयो मध्यपहाडी लोकमार्ग

ठुलो ढुङ्गा सडकमा खसेपछि अवरुद्ध भयो मध्यपहाडी लोकमार्ग


  • संजय रेग्मी
  • साउन ६ २०७७, मंगलबार
फाईल तस्विर

पर्वत, ६ साउन – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्माबाट बागलुङ, म्याग्दी र मुस्ताङ जाने सडक सोमबार रातीदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार सडक अन्तर्गत कुस्मा नगरपालिका २ खुर्कोटमा पहिरोसँगै ठुलो ढुङ्गा खसेपछि सोमबार राती ११ बजेबाट सडक अवरुद्ध भएको हो । सडकमा खसेको ढुङ्गालाई एक्स्काभेटर सहायताले हटाउन नसकिएकाले ब्रेकरको सहायताले फुटाएर सडक पन्छाउनुपर्ने भएका कारण सडक खुल्न केही घण्टा लाग्ने भएको छ ।
सडक अवरुद्ध भएपछि बागलुङ र म्याग्दीबाट पर्वत र पोखराका लागि छुटेका सवारी तथा पोखरा र पर्वतबाट बागलुङ र म्याग्दीका लागि हिँडेका सवारीहरू पहिरो गएको स्थानको दुबैतर्फ रोकिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->