बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

साउन ८ देखि सार्वजनिक यातायात सञ्चालनमा आउने

साउन ८ देखि सार्वजनिक यातायात सञ्चालनमा आउने


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७७, मंगलबार
फाईल तस्विर

काठमाण्डौ, ६ साउन– सार्वजनिक यातायात साउन ८ गते देखि सञ्चालनमा आउने भएका छन् । यातायात व्यवसायीहरुले साउनको ८ गते देखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।
तर मंगलबारको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->