बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुस्त मनस्थितिकी बालिका बलात्कृत, पेटमा ४ महिने गर्भ

सुस्त मनस्थितिकी बालिका बलात्कृत, पेटमा ४ महिने गर्भ


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७७, बुधबार

पर्वत, ७ साउन– पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ लुँखुदेउरालीकी अपाङ्गता भएकी एक बालिकामाथि बलात्कार भएको तथ्य खुलेको छ ।
सुस्त मनस्थितिको अवस्थामा रहेकी १६ वर्षिया ती बालिकामाथि ४ महिनाअघि बलात्कार भएको पाइएको हो । घटनाबारे कसैलाई थाहा थिएन तर बालिकाको पेट बढ्दै जान थालेपछि उनकी आमाले सोधपुछ गर्दा ती बालिका बलात्कृत भएको जेठ १७ गते थाहा भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार, आमाले प्रहरीमा उजुरी दर्ता गरेपछि घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका ३ जना बालकहरू पक्राउ परेका छन् । उनीहरू ९, १२ र १४ वर्षका छन् । घटनामा संलग्नहरुको परिवारले गर्भपतन गराउन दबाब दिँदै आएको पिडित परिवारले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->