नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका विकल्पबारे छलफल नगरी स्थायी समिति बैठक साउन १३ गते सम्मका लागि स्थगित गरिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले देशभर बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै नागरिकका समस्यालाई महत्व दिएको छ । नेकपा बैठकले बाढी र पहिरोमा परेकार जनधनको क्षति भएकोले, उद्धारमा र राहतमा जुट्न सबै नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । नेकपाले सरकारलाईसमेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ । भारी वर्षाका कारण अहिले काठमाण्डौं लगायत देशभरका धेरै ठाउमा बाढीले डुवानमा परेको र पहिरो गएको छ । बाढीका कारण तराई क्षेत्र र काठमाण्डौसमेत डुवानमा परेको छ । यो बेलामा नेकपाका नेता तथा कार्यकर्ताहरु एकअर्का बिरुद्ध ट्वीट गरेर मिल्न खोज्ने नेताहरुलाई समेत भड्काउन लागेका छन् । नेताहरुको घरघर गएर गुटको बैठक बसेका छन् । मुलुकमा यति ठूलो प्रकोप हँुदा पनि नेकपाका नेता तथा कार्यकर्ताहरु काम नपाएर गुटमा लागेर खुराफाति गरेर बस्नुभन्दा बिपद् ब्यवस्थापनमा जुट्नु नै उत्तम हुनेछ । राजनीतिमा नै भविश्य देख्ने नेता, कार्यकर्ताहरुले चुनावका बेला मात्र होइन् दुःख र विपदमा पनि नागरिकको साथ दिनुपर्दछ ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवाद समाधानको लागि अर्ली महाधिवेशन गर्न सकिने विकल्प दिनु भएको थियो । महाधिबेशनले पार्टी भित्र प्रधानमन्त्री तथा मन्त्री पदका लागि भएको कलह पनि सधैँका लागि समाप्त हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । त्यसो त नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल एमालेको नवौं महाधिबेशनबाट पराजित हुनु भएको थियो । तर अहिले उहाले नै आफूलाई अध्यक्ष पद चाहियो भनेर चर्को रुपमा गुटबन्दी गर्दै आउनु भएको कुरा छंर्र्र्लङै छ । अर्का अध्यक्षका पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार ढालेर आफू प्रधानमन्त्री बन्नका लागि रडाको गर्दै आउनुभएको छ । जबकि जनमत र तल्लो तहका कार्यकर्ता यी दुई नेताहरुको पक्षमा देखिदैनन् । यो विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट आएको प्रस्तावमा पूर्वमाओवादी तर्फका नेताहरुले सर्र्मथन जनाएका छन् । अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफै दोधारे बन्नुभएको छ । स्वयं उहाँलाई आफ्नो कार्यक्षमता माथि विश्वास देखिँदैन । मंसिरमा हुने नेकपाको महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यक्ष पदमा नउठ्ने भनेर धेरै ठूलो उदारता समेत देखाउनु भएको छ । बिगत ४५ बर्ष देखि सक्रिय राजनीति गरेर नेपालका कम्युनिष्ट पार्टीलाई एकीरण गरेर ठूलो शक्तिको रुपमा खडा गर्नुभयो । उहा कै कारण नेकपाले दुई तिहाई मत प्राप्त ग¥यो । आजसम्म कुनै बहालबाला सक्रिय अध्यक्षले (जसले पार्टीलाई शिखरमा पु¥याएको छ) नभनेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ । उहाँले पार्टी भित्रको रडाको समाधान गर्नका लागि नै अव म अध्यक्षमा उठ्दिन भन्नु कत्रो ठूुलो त्याग हो ! यो प्रस्तावलाई पनि यी नेताहरुले नमानेमा लोकको नजरमा गिर्दै जानेछन् । अर्का अध्यक्ष पुष्पकमल दाहालको दोधारे कुरा गरिरहनुभएको छ । पार्टी एकीरणको सवालमा प्रधानमन्त्रीको साथ र नीति, नियम तथा पद्धतिको सवालमा वरिष्ठ नेता माधव नेपालको साथ दिनुपर्छ भन्ने खालको अभिब्यक्तिले के संकेत गर्छ सहजै अनुमान गर्न सकिन्छ । उहाँ आफैंमा अल्मलिनु भएको छ यद्यपि उहाँका कार्यकर्ता भने अल्मलिएको देखिदैन । सबै कार्यकर्ताहरुले प्रधानमन्त्रीको प्रस्ताव उत्तम विकल्प मानिरहेका बेला स्वयं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने आफैं प्रति विश्वास छैन । ‘म यति ठूलो पार्टी राम्रोसँग हाक्न सक्छु कि सक्दिन ।’ वास्तवमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताहरुलाई यदि लोकको लाज लाग्छ भने अहिलेको यो परिस्थीतिमा चर्को भारतीय हस्तक्षेपको ट्यागबाट मुक्ति पाउन र फेस सेभिङ गर्न बहुमतको सरकारविरुद्ध षडयन्त्रमा नलाग्नु नै उत्तम उपाय हुनेछ ।
भारतीय इसारामाबाहेक अहिले सरकार गिराउने काम हुन सक्दैन । सरकारले गरेका राम्रा कामको प्रशंसा होइन बरु उल्टै आफूले पालेका मिडीया मार्फत सरकारको बद्नाम गराउन यो समूह सक्रिय रहेको सर्बविदितै छ । एकोहोरो ढंगबाट सरकारविरुद्ध दुष्प्रचार गारउदा पनि सरकारले काम नगरेको र असक्षम भएको कुरा साबित हुन सकेन । चाहे विकास निमार्णको काममा होस, चाहे भ्रष्टाचार नियन्त्रण, कानूनहरु निर्माण नेपालको नयाँ नक्सा जारी, कोभिड १९ को रोकथाम, नियन्त्रण, प्रभाबितहरुलाई राहत बितरण सबै काममा सरकारको प्रसंसा बिदेशीले समेत गर्दा आफ्नै पार्टीका नेताहरु जलेर राख हुन्छन् । आफ्नो पालमा केहि गर्न नसक्ने कुण्ठा मात्रै पालेर बस्ने नेताहरु, अरुले ठिक्क पारिदिएको भाग खान बहुमतको नाउँमा झगडा गरिरहेका छन् । नेताहरुलाई आफ्नो हैसियत थाहा पाउने अवस्था भनेको महाधिबेशन नै हो । महाधिवेशनबाटै नेताहरुको पोजिसन के हो भन्ने थाहा पाउन सकिन्छ । बिवाद समाधानको, महाधिबेशन भन्दा उत्तम बिकल्प नै छैन । पूर्वमाओवादी खेमाका प्रायः सबै नेता, कार्यकर्ताहरु आगामी हुने एकताको महाधिवेशनमा जान तयार छन् । तर आधारभूमि नभएका केही ठूला नेताहरुले मंसिरमा महाधिबेशन हुन सक्दैन भनेर बाधा पु¥याइरहेका छन् । जवकि महाधिवेशन मंसिरमै सम्पन्न गर्न केही कुराले पनि बाधा नपर्ने देखिन्छ । आफ्नो भइरहेको पद समेत महाधिबेशबाट गुम्छ कि भन्ने डर छ । मंशिरमा महाधिवेशन सम्पन्न गर्नका लागि सरकारले लकडाउन समेत खोलेको छ । नेताहरुलाई कार्यकर्ता माझ गएर संगठन निमार्ण गर्न पनि सजिलो भएको छ ।
वास्तवमा अहिले पार्टीका मुख्य नेताहरुलाई पदको ब्यवस्थापन गर्ने बेला होइन । पदको ब्यवस्थापन गर्ने हो भने दश लाख संगठित सदस्यको पनि व्यवस्थापन गर्नु पर्छ । लोभी नेताहरुलाई पदमा पु¥याउन पार्टी नै यसरी बिचैमा सरकार ढाल्ने षड्यन्त्र गर्दा पार्टी दुर्घटनामा पर्न सक्छ । त्यो बेला आफ्नो अस्तित्व के हुन्छ ? बेलैमा बुद्धि पु¥याऊँ । क्षणिक राजनीति गर्ने की दीगो नेतृत्व दिने च्वाईस आफैसँग छ । नैतिक बल नभएका पदलोलुप र बोलीको अडान नभएका नेताहरुको कारण पार्टी अहिले धरापमा परेका छ । सधैं पैसा र पद नभई बाँच्न नसक्ने केहि शीर्ष नेताहरु र उनीहरुका हनुमानले गर्दा पार्टी बद्नाम हुन पगेको छ । आफ्नो निहित स्वार्थका लागि मुलुक र पार्टी भित्र अस्थिरता पैदा गराउदा हुने क्ष्यतिको आकंलन गरिएको छ ? राजनीति मै भविष्य खोज्ने युवा पंक्ति दोस्रो तहका नेताहरुले यो प्रवृत्तिलाई कहिल्यै सर्मथन गर्नु हुँदैन । नेकपा भित्रकोे विवाद समाधानका लागि प्रधानमन्त्रीबाट अहिले प्रस्तुत भएको विकल्पमा जाँदा कसैको पनि आत्म सम्मानमा ठेस नपुग्ने देखिन्छ ।





