सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो

उद्योग वाणिज्य महासंघको निर्वाचन सर्‍यो


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७७, बिहिबार

काठमाडौं, साउन – नेपाल उद्योग वाणिज्य महासंघको २६ र २७ गतेको लागि तोकिएको निर्वाचन सरेको छ। महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बैंकठले निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो। महासंघका एक पदाधिकारीका अनुसार सरकारले गोष्ठी, सभा सम्मेलन खुलाएको १५ दिनसम्ममा निर्वाचन सम्पन्न गर्ने निर्णय भएको हो।
उनले भने, ‘अहिले मिति तोकिएको छैन। सरकारले सभा सम्मेलन खुलाएको १५ दिनभित्र निर्वाचन गरिसक्ने निर्णय भएको छ। यसको मतलब भदौ महिनाभित्र निर्वाचन सम्पन्न गर्न सकिने अवस्था छ।’ सरकारले लकडाउन खुलाए पनि सभा सम्मेलन र भोजभतेर गर्न खुल्ला गरेको छैन। सरकारको नीतिअनुसार महासंघ अघि बढ्ने निर्णय भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->