सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भ्रामक भिडियो हालेकालाई खोज्दै पर्वत प्रहरी

भ्रामक भिडियो हालेकालाई खोज्दै पर्वत प्रहरी

ठूलो बाढी आएको भनी सामाजिक सञ्जालमा अफवाह


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०७७, शुक्रबार

पर्वत, ९ साउन– जिल्ला प्रहरी कार्यालय पर्वतले बाढी नै नआएको ठाउँमा अहिलेसम्मकै ठुलो बाढी आएको भनी फेसबुकमा पोस्ट गरेका व्यक्तिलाई खोज्न सुरु गरेको छ ।
बुधबार साँझ सवा ५ बजेको समयमा जिल्लाको मोदी गाउँपालिकास्थित देउपुर कोटमा अहिलेसम्मकै ठुलो बाढी आएकोले सबै जनालाई सुरक्षित हुन अनुरोध गर्दै त्यो पोस्टलाई जतिसक्दो बढी शेयर गर्न अनुरोध गरेर ‘नेपाली मन’ नामक फेसबुक पेजबाट भिडियो सहितको सामग्री पोस्ट भएको थियो ।
तत्कालै जिल्ला प्रहरी कार्यालयले प्रहरी युनिटमार्फत बाढीबारे जानकारी खोज्न सुरु ग¥यो भने संचारकर्मीहरुले पनि देउपुर क्षेत्रका जनप्रतिनिधि र चिनजानका साथीहरूलाई फोन गरेर समाचार संकलनको तयारी गरे । जवाफमा वर्षा भएको तर सामाजिक सञ्जालमा पोस्ट गरिएको जस्तो बाढी कतै पनि नआएको भन्ने आयो ।
फेसबुकमा पोस्ट गरिएको कुरा भ्रमपूर्ण रहेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले प्राकृतिक विपद्जस्तो संवेदनशील विषयमा समेत भ्रामक र झुठो समाचार राखेर अफवाह फैलाउने गरी विवरण दिएर आम सर्वसाधारणमा त्रास फैलाएको भन्दै भिडियो र पोस्ट अपलोड गरेका व्यक्तिको खोजी सुरु गरेको हो ।
पर्वत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले प्रदेश प्रहरीमार्पmत प्रहरीको साइबर ब्युरो काठमाण्डौमा कुरा गरेर खोजी भइरहेको बताए । ‘यस्तो विषम अवस्थामा हुँदै नभएको कुरा पोस्ट गरेर आम नागरिकलाई आतंकित पार्ने काम भएको छ । यो हाँसो मजाक गर्ने विषय होइन ।’ उनले भने, ‘पोखरामार्फत प्रहरीको काठमाण्डौमा रहेको साइबर ब्युरोमा कुरा भएको छ । त्यो मान्छे को हो ? कहाँ छ सबै खोजी हुन्छ । विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->