बागलुङ, १० साउन– जिल्लाकै कान्छो सहकारी संस्था ग्राण्ड कोअपरेटिभ सर्भिसेस लिमिटेड बागलुङको प्रथम साधारणसभा शुक्रबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभाले बिना कुमारी कार्की पन्तको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालकसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिपेन्द्र घिमिरे, सचिवमा हरि प्रसाद शर्मा, सह सचिवमा कमल पन्त र कोषध्यक्षमा निशान खड्का चयन भएका छन् । सञ्चालक सदस्यहरुमा दिपेन्द्र कँडेल, मनोज केसी, प्रतिज्ञा शर्मा, आकृति भण्डारी, सिता राजभण्डारी र बिराट पौडेल चयन भएका छन् । लेखा समितिको संयोजकमा सोनि कार्की र सदस्यहरुमा पविन पन्त र कृष्ण प्रसाद शर्मा कँडेल चयन भएको समितिका सह–सचिव कमल पन्तले जानकारी दिए ।
युवा व्यवसायीहरुको सहभागिता रहेको सहकारीले नयाँ लगानीका क्षेत्रहरु पहिचान गर्दै शेयर सदस्यहरुको आर्थिक विकासमा लगानी गर्दै आएको छ । शनिवार भएको साधारणसभा बिना कुमारी कार्कीको अध्यक्षता, नारायण गौतमको स्वागत र निसान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।





