बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पहिरोको त्रासले पर्वतको जलजलामा २५ परिवार विस्थापित

पहिरोको त्रासले पर्वतको जलजलामा २५ परिवार विस्थापित


  • साजन नेपाली
  • साउन १३ २०७७, मंगलबार

वारीबेनी (पर्वत) १३ साउन– सोमबार साँझदेखि निरन्तर भैरहेको वर्षासँगै आएको पहिरोका कारण पर्वतको जलजला गाउँपालिकाका २५ घरपरिवार विस्थापित भएका छन् । जलजला गाउँपालिका वडा नं. ७ धाईरिङमा गाउँमाथिबाट आएको पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि २५ परिवारले घर छोडेका हुन् ।
धाईरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, धाईरिङ केराबारीका गोविन्द बहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका हुन् । पहिरो आएपछि घर छोडेर छिमेकीको घरमा शरण लिएर बसेको पीडित राजु परियारले बताए । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाअध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए ।
त्यस्तै, मिलनचोक–सल्यान–गुन्द्रेखेत धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमल बहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मन बहादुर.परियार र राजु परियारको परिवार विस्थापित भएको छ ।
सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले धाईरिङमा २५ घरपरिवार विस्थापित भएको वडाध्यक्ष शर्माले बताए । सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफुल फर्ममा पनि पहिरोले क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->