सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मालिकाका पहिरो पीडितलाई सहकारीको सहयोग

मालिकाका पहिरो पीडितलाई सहकारीको सहयोग

पीडितलाई नगरको सहयोग : ३० किलो चामल र एक किलो दाल


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७७, बुधबार

बागलुङ, १४ साउन– बाढी र पहिरोका कारण घरबास गुमाएका बागलुङ नगरपालिका–५ मालिकाका ४ परिवारलाई यहाँको एक सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । समधुर सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य भागिरथ रेग्मी सहित पहिरोका कारण घरबास गुमाएका चार परिवारलाई नगद सहयोग गरेको हो । शेयर सदस्य भएकाले रेग्मीलाई दशहजार रुपैयाँ सहयोग गरिएको सहकारीले जनाएको छ ।
घरबास गुमाएका टकमायाँ किसान, हेमराज रेग्मी र कमला रेग्मीको परिवारलाई प्रति परिवार पाँचहजार रुपैयाँ सहयोग गरेको सहकारीले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा सहकारीका पूर्व अध्यक्ष इन्द्रलाल सापकोटाले मालिका पुगेर उक्त सहयोग रकम हस्तान्त्रण गरेका थिए । बागलुङ नगरपालिकाले उपलव्ध गराएको खाद्यान्न समेत पीडित परिवारलाई उपलव्ध गराईएको थियो ।
पहिरो पीडित ६ परिवारलाई बागलुङ नगरपालिकाले पहिलो पटक तीस किलो चामल, १ किलो दाल, एक पोका तेल र एक बट्टा साबुन उपलव्ध गराएको छ । नगरले उपलव्ध गराएको सामग्री समेत सापकोटाले एकसाथ हस्तान्त्रण गरेका थिए । उनले बिपद्को समाना गर्न सबै एकैसाथ लाग्नुपर्नेमा जोड दिए । गत असार २५ र ३० गते तथा साउन ७ गतेका दिन परेको बर्षासँगैको पहिरोमा परि मालिकामा कयौं परिवार बिस्थापित भएका छन् । प्राकृतिक बिपत्ति कसैले रोक्न नसक्ने भन्दै सापकोटाले सडक निमार्ण लगायत बिकास निर्माणका काम गर्दा प्राबिधिक हिसाबले नापजाच गरेर जोखिमको मुल्यांकन गर्नुपर्नेमा जोड दिए ।
बिपतका बेला स्थानीयदेखि प्रदेश र केन्द्रिय सरकार जनताका साथमा नै रहेकाले पीडितहरुलाई आबश्यक सहयोग हुने उनको भनाई थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका अधिकृत युक्त सुवेदी, वडा अध्यक्ष शिव प्रसाद सापकोटा लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->