आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

षड्यन्त्रमा समय खेर नफालौं, महाधिवेशनमा जाऔं

षड्यन्त्रमा समय खेर नफालौं, महाधिवेशनमा जाऔं


  • दुर्गा भण्डारी
  • साउन १५ २०७७, बिहिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान उन्मुखभन्दा पनि गुजुल्टिँदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई विवाद समाधानका लागि बिभिन्न उपायहरु सुझाउँदा पनि मान्नुभएको छैन । पार्टीका कार्यकारीसमेत रहेका अध्यक्ष प्रचण्ड भित्रको पदलोलुपताका कारण विवाद समाधानउन्मुख नदेखिएको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो हप्ता विवाद समाधानको उत्कृष्ट विकल्प प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्नका लागि राजनैतिक स्थायित्वमा जोड दिनु भएको छ । राजनैतिक स्थिरता कायम गर्न अबको ४ वर्षसम्म आफूले सरकार संचालन गर्ने, अर्का अध्यक्ष प्रचण्डलाई मंसिरमा हुने महाधिवेशनमा अध्यक्षका लागि समर्थन गर्ने र १ वर्षे चुनावी सरकारको समेत नेतृत्व गर्न दिने प्रस्ताव राख्न्नुभएको थियो । जुन विकल्प विवाद समाधानका सहज र उत्कृष्ट होे । नेपालीमा एउटा उखान छ …लाई घिउ नपचेको भने झैं प्रचण्डलाई सो कुरा पचेन । प्रचण्डले एक सार्वजनिक समारोहमै प्रधानमन्त्रीलाई पार्टी फुटाउन खोजेको आरोप लगाउनुभयो । वरिष्ठ नेता माधव नेपालले ‘पार्टी फुट्दैन कोही चोइटिएर जानेहरु जान सक्छन् ’ भनेर अध्यक्षतर्फ संकेत गर्दै अपमानित अभिव्यक्ति दिनुभयो । जसले इतिहासमै कम्युनिष्टहरुको दुईतिहाई मत प्राप्त संसद र सरकार बनाउनुभयो । त्यसभन्दा अगाडी तत्कालीन नेकपा एमालेलाई गर्व गर्न लायक रहरलाग्दो पार्टी बनाउनु भयो । आम कार्यकर्ता, जनताको सपना साकार पार्ने मुटुका ढुकढुकी बनेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित नेता नेपालको तुच्छ अभिव्यक्ति थियो । प्राबिधिक रुपले पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहे पनि अहिले नेकपा भनेकै ओली र ओली नै नेकपा हो । सायद, त्यही डरले होला, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल महाधिवेशनको सामना गर्न डराइरहनु भएको छ । महाधिवेशको ताजा अभिमतबाट पार्टी अध्यक्ष प्राप्त गर्नु गौरवको विषय हो , जुन प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्राप्त गर्नुभएको हो । पार्टीमा पराजित भएकालाई राजी खुसीले दया गरेर दिनु भनेको छुट्टै विषय हुन सक्ला तर पनि महाधिवेशनबाट प्राप्त गरेको अध्यक्ष पद कसैले कसैलाई दिन मिल्ने कुरा होइन । यो कुरा दिनदिनै गिडगिडाउने नेताहरुले बुझ्नुपर्छ । महाधिवेशनमा जाऊँ, जितेर आउनुस् भन्दा आँट छैन भित्रभित्रै षड्यन्त्र गरेर पार्टी फुटाउन खोज्ने यो कदापि स्वीकार्य छैन ।
आफूबाहेक अर्को कोही ब्यक्ति सत्तामा बसेको देख्न नसक्ने इष्र्यालु स्वभाव भएका नेताहरुको ब्यवस्थापनको नाममा सिंगो पार्टीलाई दुर्घटनामा पर्न दिनु हुँदैन । दाहाल नेपाल समुहका केही ईमान्दार नेताहरु पनि पार्टी फुट्न दिनुहुँदैन भन्नेमा सजग भएका छन् । नेपाल दाहाल समुहको नेतृत्व गरिरहेका यी दुई नेताले बिनाकारण पार्टीको स्थायी समिति बैठको एजेण्डा नभएको प्रधानमन्त्रीको राजिनाको बिषय उठाएपछि विवाद बढेको हो । नौ–नौ महिनामा षड्यन्त्र गरेर सरकार गिराउने र बनाउने खेल खेल्ने बानी परेका नेताहरु अहिले आफ्नै बहुमतको सरकार बिरुद्ध षड्यन्त्रमा उत्रिएका छन् । सरकारको राजिनामा माग्ने बेला होइन्, यो । देशैभर बाढीपहिरोले गर्दा जनधनको क्षति भएको छ । कोरोना संक्रमितको संख्या बढेकोबढ्यै छ । देशको आर्थिक अवस्था चरम निराषाजनक छ । यस्तो परिस्थितिमा सरकारले क्षण क्षणमा आफ्नो प्रतिरक्षा गर्नुपर्छ । नागरिकलाई सेवा प्रवाह गरेर सरकारको उपस्थिति देखाउने बेलामा सरकारले षड्यन्त्रको समाना गर्नुपर्ने अवस्था आउनु अति दुखद पक्ष हो । आफ्नै पार्टीको सरकार ढाल्न खोज्नेहरुसंग प्रधानमंत्री हटाउनु पर्ने कुनै आधार छैन । केवल छ त आफु पदमा पुग्ने प्रधानमन्त्री बन्ने छोरीहरु, बुहारी र ज्वाँईहरुबाट राज्यको सम्पक्ति लुटाउने अनि घरबेटीलाई ठेक्का पार्ने कमिसन आफ्नो खल्तीमा हाल्ने काम भएको छ । आफ्नै बिचौलियाले, ठगी कमिसनखोरी र लुट मच्चाए पनि केही लेख्न नलगाउने । आफ्नो खल्तीका पत्रकारबाट नभएको कुरामा सरकारबिरुद्ध बद्नाम गराउने गरेका छन् । सरकार गठन भएदेखि नै सरकार बिरुद्ध खल्तीका पत्रकारबाट सरकारको बद्नाम गराइयो तर नेपाली जनताले बुझिसकेका छन् । बद्नाम गराउने शीर्ष नेताहरु नै अहिले नांगिइसकेका छन् ।
आफ्नै सरकारका प्रधानमन्त्री बिरुद्ध षड्यन्त्र गरेर आजै राजिनामा दिनुस् भोलिनै पनि राजिनामा दिनुस् भनेर बहुमतको धक्कु दिँदै धाउने गरे पनि केही हुनेवाला छैन । मानौँ प्रधानमन्त्री पद, पुष्पकमल दाहाल प्रचण्डलाई अंश स्वरुप भागबण्डाको रुपमा दिनुपर्ने पैतृक सम्पत्ति जस्तो । त्यसै गरी एमालेको नवौं महाधिवेशनबाट पराजित नेता माधवकुमार नेपाललाई अध्यक्ष पद दिनु पर्ने रे । संसारमा कहीँ छ हारेका व्यक्तिले पद मागेको ? फेरि महाधिवेशनमा जाऊँ भन्दा किन नमान्ने ? दुवै पद उनीहरुलाई छोड्नु पर्ने हो र ? यो मागेर ल्याएको पद हो ? महाधिवेशमा आम कार्यकर्ता र जनताले बिश्वास गरेर दिएको पद हो । केपी ओली स्वयंम्ले चाहेर पनि छोड्न सक्नुहुन्न । पद छोड्नका लागि महाधिवेशन र आवधिक निर्वाचन पर्खिनु पर्ने हुन्छ । प्रधानमन्त्री पद तात्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनैतिक उचाई र लोकप्रियताका कारण नेपाली जनताले भरोसा गरेर ५ वर्षका लागि चलाउन दिएको नासो हो । अर्का अध्यक्ष प्रचण्डद्धारा आर्जित हुन्थ्यो भने विगतमा उहाँको पार्टीको हैसियत कस्तो थियो भनेर बुझे भै हाल्छ नि । प्रचण्डले मरिहत्ते गर्दैमा प्रधानमन्त्री पाउने कुरा हुनसक्दैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा गर्न दवाव दिइएको छ । अहिले केपी ओलीको लोकप्रियताका र चलाखीपूर्ण राजनैतिक कुशलताका कारण जसो गर्दा पनि यी नेता द्धयलाई असुरक्षा महसुस भएको छ । बिवाद जति लम्बियो त्यति नै साख गिर्दै जाने छ, दाहाल र नेपालको । विवाद लम्बिँदै जादा पार्टीको छवी पनि बिग्रने हुदा युवा पुस्ताका नेताहरु पनि उनिहरुको अनैतिक काममा साथ छोड्दै गएका छन् । पार्टी मा नै आफ्नो भविष्य देखेका दोस्रो नेताहरुले नितान्त उनीहरुको ब्यक्तिगत स्वार्थका लागि पार्टीलाई धरापमा पार्नु हुदैन ।
गत असार देखिको विकसित घटनाक्रम अनुसार पछिल्लो पटक मंगवार नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई बिग्रहमा जान नदिन बिभिन्न छ वटा प्रस्ताव, दाहाल नेपाल गुटको भेलामा प्रस्तुत गर्नुभएको छ । जुन सुत्र पार्टी भित्रको बिवाद समाधान गर्न सहज हुनेछ । उपाध्यक्ष गौतमले ल्याएको प्रस्ताव स्थिर सरकारका लागि ५ वर्ष केपी शर्मा ओलीलाई प्रधानमंत्री बनाउने, छिट्टै महाधिवेशनमा जाने र सरकार पार्टीको सल्लाहमा चल्ने, अनावश्यक हस्तक्षेप नगर्ने, मन्त्रीमण्डलको हेरफेर लगायतका छन् । पार्टी भित्रको समाधानको सबैभन्दा उत्तम विकल्प महाधिवेशनबाट ताजा अभिमत प्राप्त गर्ने र आवधिक निर्वाचनमा जनताबाट ढुक्कले अनुमोदित हुने । कोही बिरुद्ध षड्यन्त्र गरेर समय खेर फाल्नै पर्दैन । त्यसकारण षड्यन्त्र गरेर लामो समय खेर फाल्नुभन्दा उपाध्यक्ष वामदेव गौतमले ल्याएको प्रस्तावमा अनुसार अहिलेदेखि नै महाधिवेशनमा जुट्दा नै उचित हुनेछ । पदको लोभ र कुण्ठा पालेर पार्टीलाई धरापमा पार्नेको साथ अब उपाध्यक्ष गौतमले पनि छोड्नु भएको छ । अव नेताद्धय दाहाल नेपालले पनि के बुझ्नु प¥यो भने अनावश्य ढंगबाट पार्टीमा विवाद गर्ने काम बन्द गर्नुप¥यो । यो हर्कतले दिन प्रतिदिन आफ्नै छवि बिग्रदै जानेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->