सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आइसोलेसन बनाउँदा अस्पतालको पूर्वाधार तयार

आइसोलेसन बनाउँदा अस्पतालको पूर्वाधार तयार

केन्द्रमा २५ र निसीभुजी जनता क्यामपसमा २५ शैया गरी ५० शैयाको आइसोलेसन बनेको हो


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०७७, बिहिबार

बागलुङ, १५ साउन– नेपालकै पाँचौ र छैठौ संक्रमित बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालबाट निको भएपछि लामो समय कोरोनाका संत्रमित भेटिएनन् । तर जेठको दोश्रो सतापछि भारतबाट आएर क्वारेन्टाइनमा बसेकाबाट धमाधम संक्रमित थपिए ।
यसरी कोरोनाका संक्रमित थपिएपछि सदरमुकामस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन भरियो । तत्काल अर्को आइसोलेसनको आवस्यकता प¥यो । धौलागिरी बहुमुखी क्यामपसलाई आइसोलेसन बनाइयो । तर निसीखोला, तमानखोला, ढोरपाटन र बडिगाडका संक्रमितलाई सदरमुकाम ल्याउने काम जटिल भयो । सवारी साधन पाउने समस्यादेखि दोहोरो आउजाउको खर्च बढी भएपछि बुर्तिवाङमा आइसोलेसन बनाउन गरिएको प्रस्ताव पश्चिममा स्थानीय तहले पुरा गराए ।
आइसोलेसन बनाउनका लागि ढोरपाटन नगरपालिकाले ४ लाख र तीनवटा गाउँपालिकाले दुइ/दुइ लाख लगानी गरेका थिए । १० लाख रुपैयाँबाटै प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ र निसीभुजी जनता क्याम्पसमा नमूना आइसोलेसन तयार भयो । अहिले पनि जिल्लाका अन्य आइसोलेसनको तुलनामा बुर्तिवाङकै नमूना देखिएको केन्द्रका प्रमुख डा. मिलन मल्लले दाबी गरे । ‘हामीले सानो लगानीबाटै नमूना आइसोलेसन बनाउन सक्यौं’ मल्लले भने, ‘धेरै खर्च गरेर मात्र हुँदैन, आइसोलेसनको पूर्वाधारबाटै जिल्ला अस्पतालको संरचना बनाउन समेत सहयोग पुग्ने अबस्थामा आएका छौं ।’
बुर्तिवाङमा मात्रै ५० जनालाई आइसोलेसनमा राखियो । मंगलबार भेटिएका संक्रमित पनि बुर्तिवाङकै आइसोलेसनमा रहने छन् । पहिलो चरणमा भेटिएका निसी र तमानका संक्रमित मात्रै बागलुङ आएका थिए ।
विशेषज्ञ डाक्टर भएको स्थानमा मात्रै बनाउने सरकारी नीति भएपनि भूगोलको बाध्यता र लामो दुरीको कारण सदरमुकाम ल्याउन असंभव भएपछि आइसोलेसन बनाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । साधन श्रोत र मानवीय शक्ति कम भएपनि बुर्तिवाङमा नमूना आइसोलेसन बनेको उनले बताए ।
बागलुङको ग्रामीण क्षेत्रको समस्यास“ग जुध्न सक्ने नेतृत्व र व्यवस्थापनले आइसोलेसन सहज बनेको स्थानीयको बुझाई छ । मल्लले अगुवाईसँगै कुशल व्यवस्थापनको भूमिका खेलेको समेत जिल्लामा प्रशंसा भएको छ । उनको नेतृत्वको स्वास्थ्यकर्मीहरुले नियमति खटेर काम गर्दा केन्द्रको कामसमेत सुचारु भएको थियो । मल्लका अनुसार, केन्द्रमा अहिले पनि दैनिक दुईदेखि तीन जना महिलाले प्रसुती सेवा पनि लिने गरेका छन् । संक्रमितको हेरचाह र व्यवस्थापनमा पनि उनले अग्रणी भूमिका खेलेका थिए ।
केन्द्रमा २५ र निसीभुजी जनता क्यामपसमा २५ शैया गरी ५० शैयाको आइसोलेसन बनेको हो । संक्रमित भेटिएपछिको हतार–हतारको छलफलबाट बनाएर पनि थोरै खर्चमा धेरै संक्रमित निको बनाएर पठाउने बुर्तिवाङ बनेको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले बताए ।
आइसोलेसनका लागि राखिएका बेड, सिसि क्यामेरा, अक्सिजन जडानलगायतको कामबाट जिल्ला अस्पतालको पूर्वाधार बनाउन सहज भएको उनले बताए । २०६६ सालमा बागलुङ सदरमुकाममा अञ्चल अस्पताल स्थापना भएपछि बुर्तिवाङको केन्द्रलाई जिल्ला अस्पताल बनाउने तयारी छ । तर दक्ष स्वास्थ्यकर्मी, भवन र उपकरण अभावमा बन्न सकेको थिएन । कोरोनाविरुद्धको अभियानले अस्पताल बनाउन सकिने बाटो खुलेको समेत नेपालीले बताए ।
२१ जनाको दरबन्दीबाट मल्लले ७ जनाको कोरोनाविरुद्धको टिम बनाएका छन् । ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसे, ल्याब टेक्निसियन किसान शाही, अहेव रुमाकान्त श्रीष, रबिन्द्र केसी र थमन घर्ती तथा नर्स पार्वती अर्यालको टिमले कोरोनाविरुद्धको अभिायन चलाएको हो ।
आइसोलेसनमा बस्नेबाहेक अस्पतालका नियमित बिरामीलाई दैनिक तीनचार पटक साबुनपानीले हात धुने सल्लाह दिने काममा पनि यो टिम खटिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले यहा“ सहित दर्जनबढी क्वारेन्टाइनमा स्वचालिक हातधुने धारा जडान गरिदिएको छ । ५ सय लीटरका ट्यांकी जडान गरिदिएको छ । आवस्यक पर्ने साबुन पनि सहयोग गरेपछि हरेक सेवाग्राहीले हात धुने चलन पनि बसालेका छन् ।
मल्लकै नेतृत्वमा नियमित सरसफाइस“गै गीत–संगीत, शारीरिक व्यायाम, तनाव व्यवस्थापनका क्रियाकलाप पनि चलाइएको छ । डिस्चार्ज भएर गएका अधिकांसले पनि घरमा साबुनपानीले हात धुने र शारिरीक व्यायाम गर्न थालेको उनले बताए । कोरोनाविरुद्धको औषधि प्रमाणित भएको छैन, तर मैले ‘एजिथ्रोमाइसिन’ र ‘आर्युेवेदका विभिन्न शक्तिप्रद्र्धक औषधि’ खुवाएको छु’ उनले भने, ‘विशेषज्ञ डाक्टरसहितको अञ्चल अस्पताल जत्तिकै सेवा दिने स्थान बनाउन प्रयास गरिएको छ ।’ कोरोनाको संक्रमण सकिएपछि जिल्ला अस्पतालको सबै पूर्वाधार र क्षमता बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->