पोखरा, १६ साउन– पोखरा महागनरपालिकाले फोहरको वर्गीकरण गर्दै कौसी खेती प्रवद्र्धन गर्ने घोषणा गरेको छ । आउँदो पुसदेखि बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटमा फोहर नफाल्नू भन्ने हवाई उड्ड्यन कार्यालय पोखराको निर्देशनपछि महानगरले फोहरको वर्गीकरण गर्दै कुहिने फोहर त्यता नपठाउन यो जुक्ति लगाएको हो । अहिले निर्माणाधीन विमानस्थलको उडान क्षेत्रमा ल्याण्डफिल साइट पर्छ । विमानस्थल नजिक ल्याण्डफिल साइट राख्न मिल्दैन । विमानस्थल सन् २०२१ को जुलाई १० सम्म सक्नुपर्ने सम्झौता छ । निर्माण कम्पनीले चाहिँ ६ महिना अगावै निर्माण सक्ने जनाएको छ । द्रुतगतिमा विमानस्थल निर्माण भएसँगै महानगर समस्यामा प¥यो । २०६१ सालदेखि संचालनमा आएको ल्याण्डफिल साइटको १५ वर्षे आयू पनि सकिएको थियो । तर, महानगरले विकल्प सोचेकै थिएन । पोखरामा दैनिक उत्पादन हुने करिब १ सय ८२ टन फोहोर त्यहीँ फालिन्थ्यो । दैनिक १ सयवटा गाडीले त्यहाँ फोहर बिसाउँथे । ल्याण्डफिलमा जाने फोहरमध्ये ६८ प्रतिशत कुहिनेखालको भएको एक प्रतिवेदनले औंल्यायो । १४ प्रतिशत चाहिँ पुनः प्रयोगमा आउन सक्ने बताइयो । अनि त के थियो, महानगरले जुक्ति निकाल्यो,‘छुट्याऊँ फोहर ःबनाऔं मोहर ं’ भन्ने नारासहित फोहर वर्गीकरण र कौसी खेतीको अवधारणा ल्याइयो ।
महानगरमा फाट्टफुट्ट रुपमा जाँगरिला किसाने प्रयोगमा ल्याएको कौसी खेतीबाट मासिक ५० करोडको तरकारी फलाउन सकिने आँकडा पेश गरियो । पोखरा महानपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले महानगरका करिब १ लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक करिब ५० करोडसम्मको तरकारी फलाउन आँकडा पेश गरे । घरबाट निस्कने कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न सकिने उनले सुझाए । यही अवधारणामा टेकेर महानगरले बिहीबार पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने घोषणा ग¥यो । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो । महानगरले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने, घर, घरमा ३ प्रकारका फोहोरको वर्गीकरण गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै आगामी ४ महिनासम्म निरन्तरता दिने, ४ महिना भित्रमा फोहोर मैला व्यवस्थापन, मूल्य लगायतका मापदण्ड निर्माण गरी स्वीकृतिको लागि महानगरमा सिफारिस गर्ने निर्णय गरेको छ । अभियानलाई सबै वडामा बिस्तार गर्ने महानगरको योजना छ । फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए । उनले घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल तथा उर्जा निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न प्रेरित गर्ने महानगरको योजना छ ।
अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सुझाव समेत संकलन गरिएको छ । बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पुन प्रयोग हुने फोहोरलाई बिक्री गरी आन्दानी गर्ने र फाल्नै पर्ने फोहोरलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार विर्सजन गर्न अभियानले प्रोत्साहन गर्ने बताए ।
बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको मुल समितिका सहसंयोजक तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले जानकारी दिइन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सबैको साथ, सहयोग र सुझावलाई समेटेर अभियानलाई अगाडि बढाइने बताए । सहरी योजना आयोगका सदस्य सरोज कोइरालाले पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर तीन ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको बताए । पोखरा महानगरपालिका सरसफाइ शाखाका प्रमुख तथा मुल समितिका सदस्य सचिव कल्पना बरालले पोखरामा २०३६ सालबाटै पोखरामा फोहर व्यवस्थापन हुन थालेको बताइन् । बिहीबार भएको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अभियालनलाई समर्थन गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।





