बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

इन्धनको मूल्य बढ्यो, पेट्रोल १०४ रुपैयाँ पुग्यो

इन्धनको मूल्य बढ्यो, पेट्रोल १०४ रुपैयाँ पुग्यो

डिजल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाले वृद्धि गरेको छ। 


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७७, शनिबार

काठमाडौं, १७ साउन – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ। त्यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर साढे एक रुपैयाँ अर्थात् एक रुपैयाँ ५० पैसाले वृद्धि गरेको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको  खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्य बढेको हो।
यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने १०४ पुगेको छ। यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन। 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->