सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहकारी बैंक बागलुङको मुनाफा सवा करोड

सहकारी बैंक बागलुङको मुनाफा सवा करोड

१ करोड भन्दा बढी शेयर खरिद गर्ने ४ सहकारी संस्थालाई सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७७, आइतबार

बागलुङ, १८ साउन – राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले एक बर्षमा सवा करोड कमाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड २५ लाख खुद मुनाफा गरेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिए । धौलागिरीका भित्रका २ सय ९३ सहकारी संघ संस्थाहरु शेयर सदस्य रहेको बैंकको शाखामा १० करोड १६ लाख शेयर पूँजी, १ अर्ब ४६ करोड निक्षेप र १८ करोड कर्जा लगानी रहेको छ ।
सहकारी मात्रै सदस्य रहने र सहकारी ऐन अनुसार सदस्यहरुसंग मात्रै कारोबार गर्ने प्रावधान अनुसार यस क्षेत्रका सबै सहकारीहरुको कारोबार सहकारी बैंकमा ल्याउने योजनाका साथ शाखाले काम गरेको शाखा प्रमुख त्रिपाठीले बताए । सहकारी बैंकले आफ्ना सदस्यहरुलाई वित्तीय सेवाका साथै शिक्षा, तालिम र स्तरीकरण लगायत प्रवद्र्धनका काम गर्दै आएको छ ।
यसैविच, बैंकले १ करोड भन्दा बढी शेयर खरिद गर्ने ४ सहकारी संस्थालाई आईतवार सम्मान गरेको छ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड ५५ लाख, सिवाइसी वचत तथा ऋण सहकारी संस्थाले २ करोड १० लाख, आदर्श सञ्चार सहकारी संस्थाले १ करोड ५० लाख र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाले १ करोड रुपैयाको शेयर खरिद गरेकाले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सांसद मनकुमारी केसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, कृषि सहकारी संघका अध्यक्ष तथा संविधानसभाका सदस्य नरबहादुर थापा, स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा, कोअपरेटिम म्यानेजर्स क्लव (सिएमसी) बागलुङका अध्यक्ष दिपक राजभण्डारी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->