वारीबेनी (पर्वत), १९ साउन– पार्टीको वडा कार्यालय भवन बनाउन यहाँका एक वृद्धले निशुल्क जग्गादान गरेका छन् । पर्वतको जलजला गाउँपालिका–५ अन्नेचौरका देवी प्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यालय भवन निर्माणको लागि निःशुलक जग्गादान गरेका हुन् । पौडेलले आईतबार ८ आना जग्गा नेकपा वडा कमिटिको नाममा दिएका छन् । वडामा पार्टीको कार्यालय बन्ने भएपछि आँफुले निशुल्क जग्गा दिएको पौडेलले बताए । स्थानीय मुल्य अनुसार उनको जग्गालाई ३ लाख रुपैयाँ पर्छ । पौडेलले जग्गा दिएपछि वडा कमिटिको भवन बनाउने बाटो खुलेको नेकपा वडा कमिटिका नेता कृष्ण पौडेलले बताए ।





