क्षेत्रबहादुर मल्ल
बागलुङ, २० साउन – गत साउन १२ गते रातको ११ .३० बजेको थियो । पर्वतको जलजला गाउँपालिका–४ फट्केढुंगा । आफ्नै घरको कौशीमा सुत्ने मनबहादुर विक (नाम परिवर्तन) रातकोे १२ बज्नै लाग्दासमेत भाईको घरमा गफिएर बसेका थिए ।
कान्छी श्रीमती पट्टिकी एक छोरीको दुईहप्तासम्म मृगौलाको पत्थरी समस्याको पोखरामा उपचार गराएर साउन ११ गते घर फर्केका उनी भाइसँग ऋणधनका दुखेसा पोख्दै थिए । आधा रात बितिसकेको थाहा भो । उनले भाईसँग सल्लाह गरे अब सुत्नु पर्छ । १२ बज्नै लाग्दा चार पाहिला तलको घरबाट मनबहादुरले घरको मुलढोकामा ताला लगाएको देखे ।
सधैं आफ्नी ४४ वर्षीया जेठी श्रीमती सुत्ने कोठा, घरको मुलढोकामा रातको १२ बजे बाहिरबाट लगाएको ताला देखेपछि उनले केहीबेर विचार गर्ने योजना बनाए । छिपेर घरको मुलढोका चिहाइरहेका मनबहादुरको ढोका त खुल्यो तर घरमा भित्रिँदा उनकी श्रीमती परपुरुषसँगै भित्रिइन् ।
कुराकानीको क्रममा भक्कानिँदै उनले भने ‘मध्यरातमा क्षेत्रबहादुर मल्लसँगै घरभित्र पसि अनि मैले बाहिरबाट ताला लगाएर गाउँले गुहारेँ ।’ रातको समयमा पनि केही गाउँले उनको घर पुगे । तत्काल ताला फोड्दा समस्या हुने भन्दै गाउँलेले प्रहरीलाई खबर गर्न सुझाए । प्रहरीलाई खबर गरियो । रातको समय भएकाले प्रहरी बिहान आउने र रातभर कहिँ भाग्न नदिनु भन्दै पन्छियो । मानबहादुर र केही गाउँलेले रातभर लौरो र नाम्लो लिएर ढोका कुरे । भाग्न थाले बाँध्ने योजनामा उनीहरु थिए ।
बिहान प्रहरी आयो । वारीबेनी प्रहरी चौकीबाट पुगेको टोलीले ढोका तोड्यो । भित्र उनकी श्रीमती मात्रै थिइन् । प्रहरी र गाउँलेले मुखामुख गर्न थाले । राती घरभित्र पसेको तर बाहिर निस्केको नदेखेका मनबहादुरको मनले मानेन् । उनले खानतलासी गर्न लगाए । प्रहरीले रातको पौने बाह्रबजे परस्त्रीको घर पस्ने क्षेत्रबहादुर मल्ललाई ठूलो बाकसभित्र लुकेको अवस्थामा फेला पा¥यो । लामो समय बाकसमा लुकेकाले उनी पहेँलो भैसकेको मानबहादुर बताउँछन् ।
उनी पक्राउ पर्ने बेलासम्म वडा अध्यक्षसहितका जनप्रतिनिधि पुगिसकेका थिए । दुवै जनालाई प्रहरीले समात्यो । चौकीले केश मिलाउन नसक्ने भन्दै जिल्ला पठायो । जिल्लाले सहमति गर्न सुझायो र वडामा पठायो ।
मध्यरातमा परपुरुषसँग बसेको भन्दै मानबहादुर छोडपत्र गर्न चाहन्छन् । तर रंगेहात पक्राउ परेका मल्ललाई उजुरी नपरेको भन्दै छोडिएको छभने वडा कार्यालयले कानुनी काम आफ्नो नभएको भन्दै मिलापत्र गर्न सुझाएको छ । ‘दुई श्रीमती भएकाले केही समस्या उनका पनि होलान तर घरभित्रबाट क्षेत्रबहादुरलाई निकालेको कुरा मैले देखेकै हो’ वडा अध्यक्ष भिष्म मल्ले भने ‘हामीले गराउन सक्ने भनेको मिलापत्र हो, त्यसो हुन नसके उहाँले कानुनी बाटो अपनाउनु पर्छ ।’ मानबहादुरले भने आफनै आँखाअघि देखेको घटना पनि नदेखेको भनेर न्याय नपाउने अवस्था आएको गुनासो गर्छन् ।
‘उहाँहरुलाई जिल्ला ल्याएपछि महिलातर्फका छोराहरुले आमालाई लान्छौं केश नगर्ने भने, छोरातर्फका मान्छेले पनि आफन्त आएर मिलापत्र गराउने भन्दै लैजानु भो’ प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले भने ‘कुनै जाहेरी परेन त्यसैले कानुनी प्रक्रिया अघि बढाउन सकिएन् ।’वडाले मिलापत्रको लागि बल गर्ने र प्रहरी जाहेरी लिन नमानेको आरोप मान बहादुरको छ । आपत्तिजनक अवस्थामा पक्राउ परेका क्षेत्रबहादुर ५२ वर्षिया हुन् । उनकी श्रीमती रोजगारीको शिलशिलामा खाडी मुलुकमा रहेको स्थानीय बताउँछन् । ‘पटक पटक यस्तै देखेको छु कसरी सहनु’ मानबहादुर भन्छन् ‘उसको आफ्नो जिन्दगी जेसुकै गरोस्m मलाई डिभोर्स चाहिन्छ भन्ने हो ।’





