बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कवि श्रेष्ठ र लेखक बानियाँका कृति मदन पुरस्कारको सूचिमा

कवि श्रेष्ठ र लेखक बानियाँका कृति मदन पुरस्कारको सूचिमा


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७७, बिहिबार

पोखरा, २२ साउन– पोखरेली कवि तीर्थ श्रेष्ठको तीर्थ कविता संग्रह धर्सैधर्साको चक्रव्यूह र म्याग्दीका लेखक चन्द्रप्रकाश बानियाँको महारानी पुस्तक मदन पुरस्कार–२०७६ को लागि सर्ट लिष्टमा परेका छन । यसअघि नै प्रकाशनमा आएको श्रेष्ठको कविता र बानियाँको महारानीसँगै मदन पुरस्कार गुठीले सार्वजनिक गरेको ७ वटा पुस्तकमा विमल निभाको जोकरको बन्दुक, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु ९खण्ड १–३०, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन् । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिका अनुसार पुरस्कारका निम्ति गुठीलाई गत वर्ष प्रकाशित कूल १५१ पुस्तकहरू प्राप्त भएका थिए ।उनका अनुसार, प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकको सूची गुठीलाई उपलब्ध गराएको हो । छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ । पोखरेली लेखकहरु मुकुन्दशरण उपाध्याय र सरुभक्तले मदन पुरस्कार पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->