शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सलह किरा ल्याउने आँधीखोलाका युवाले पाए नगदै पुरस्कार

सलह किरा ल्याउने आँधीखोलाका युवाले पाए नगदै पुरस्कार

यस अगाडि पनि सलह ल्याएका गाउँपालिकाका ४ जना बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेका थिए ।


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७७, बिहिबार

स्याङ्जा, २२ साउन – सलह किराको नियन्त्रणका लागी स्याङ्जाकोे आँधीखोला गाउँपालिकाले संकलनकर्तालाई नगद पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाभित्र सलह किरा भित्रिएपछि पालिकाले नियन्त्रण गर्नेलाई प्रोत्साहन स्वरुप प्रतिकिलो ३ सय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको थियो । सलह किरा संकलन गर्ने ४ जनालाई विहिवार पालिकाले नगद पुरस्कार दिएको हो । गाउँपालिकाका ४ जनाले संकलन गरेको ९ किलो ३०० ग्राम सलह गाउँपालिकालाई बुझाएका छन् ।आँधीखोला गाउँपालिका-२ पोखरचौरका सन्दीप सापकोटा, सविना सापकोटा, टेक बहादुर भुजेल र सफल रानाले ९ किलो ३०० ग्राम सलह कीरा संकलन गरेर कृषि शाखामा बुझाएका हुन् । गाउँपालिकाको घोषणा अनुसार नै उनीहरूलाई २ हजार ७ सय नब्बे रुपैयाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।
सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन छोपेर ल्याउनेलाई नगदै पैसा दिएको अध्यक्ष पौडेलले वताए । यस अगाडि पनि सलह किरा छोपेर ल्याएका  गाउँपालिकाका ४ जना बालबालिकाले १२० रुपैयाँ प्राप्त गरेको सूचन प्रविधि अधिकृत रोशन लामिछानेले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->