सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा यो बर्ष भदौरे जात्रा नहुने

बागलुङमा यो बर्ष भदौरे जात्रा नहुने


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

बागलुङ, २३ साउन– बागलुङका नेवार समुदायले सञ्चालन गर्दै आएको भदौरे जात्रा यो वर्ष नहुने भएको छ । कोरोना भाईरस महामारीका कारण यसबर्ष जात्रा रोकिएको शाक्य कल्याण समाज बागलुङले जनाएको छ । बिहिबार बसेको समाजको बैठकले यस वर्षका लागि भदौरे जात्राअन्र्तगत पर्ने लाखे नाच, जोगी नाच, रोपाई जात्रा, कटुवाल नाच, होवा लगायतका नाच स्थगित गरेको हो । यहाँका नेवार समुदायले हरेक वर्ष जनै पुर्णिामाको दिनदेखि कृष्ण जन्माष्टमीको अघिल्लो दिनसम्म विभिन्न जात्राहरु देखाउने गरेका छन् । जात्रा गर्दा भीडभाड हुने संक्रमणको त्रास बढ्ने भएकाले जात्रा रोक्नुपरेको शाक्य समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->