बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मातृभुमि सहकारीद्वारा मृतकका परिवारलाई राहत

मातृभुमि सहकारीद्वारा मृतकका परिवारलाई राहत


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

बागलुङ, २३ साउन– मातृभुमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्ना दुईजना शेयर सदस्यका परिवारलाई मृत्यु राहत रकम प्रदान गरेको छ । संस्थाले बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका शेयर सदस्य सुरेन्द्र बोहरा तथा शुभचिन्तक विनोद बोहरा र रन्जित बोहराका बाबु तथा अर्का शेयर सदस्य रामरेखाकै शिव प्रसाद शर्माका बाबु तथा शान्ति कुमारी शर्माका ससुराको निधनप्रति दुःख व्यक्त गर्दै राहत रकम प्रदान गरेको हो । उनीहरुको परिवारलाई प्रतिशेयर सदस्य ५ हजारका दरले मृत्यु राहत रकम प्रदान गरिएको हो ।
राहत रकम उपलव्ध गराउँदै उपाध्यक्ष रामचन्द्र शर्मा, सविच राम प्रसाद शर्मा र कोषाध्यक्ष केदारनाथ पौडेलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्वअन्र्तगत सो रकम प्रदान गरिएको सचिव राम प्रसाद शर्माले जानकारी दिए । २०६५ साल असार ९ गते स्थापना भएको सहकारीमा हाल ३ सय ५० जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यको आफन्तको मृत्युको समयमा संस्थाले परिवारको राहतका लागि रकम सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->