बागलुङ, २४ साउन– कोअपरेटिभ म्यानजेर्स क्लव (सिएमसी) बागलुङ र यातायात सहकारी संस्था लिमिटेड बागलुङका कर्मचारीहरुबीच शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्लवले हरेक हप्ताको शुक्रवार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना अनुसार यातायात सहकारीका कर्मचारीहरुसंग अन्तरक्रिया गरिएको क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीले जानकारी दिए ।
सहकारीका कर्मचारीहरुबीच अनुभव आदान प्रदानका साथै क्षमता विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सहकारीहरुमा स्थलगत भेटघाट तथा अन्तरक्रिया शुरु गरिएको राजभण्डारीले बताए ।
अन्तरक्रिया कार्यक्रममा सहकारीको अवस्थाका बारेमा यातायात सहकारी संस्थाका सहप्रवन्धक लक्ष्मी छन्त्यालले जानकारी गराएकी थिईन् । सहकारीका अन्य कर्मचारीहरुले आइ परेका समस्या र समधानका उपाएका वारेमा जिज्ञासा राखेका थिए ।
क्लवका सचिव ताराप्रसाद शर्माले संचालन गरेको कार्यक्रममा क्ल्वका उपाध्यक्ष दिपकराज सापकोटाले धन्यावाद मतव्य सहित समापन गरे ।





