बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सलहले सक्यो बाली : किसानलाई सास्ती

सलहले सक्यो बाली : किसानलाई सास्ती

लहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको छ


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७७, शनिबार

म्याग्दी २४ साउन –म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको तमाने र खबरा क्षेतमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।
लाखौंको संख्यामा देखिएको सलहले बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका,मंगला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौर लगाएतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसानहरु रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका २ खबराकी कृषक तुलसी सापकोटाले बताइन् ।
सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका कृषक धु्रब घिमिरेले बताए । ‘लाखौंको संख्यामा भित्रिएको सलहले गाउनै छोपेको छ,’ उनले भने ‘भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ ।’
बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको घिमिरेले बताए । बिहीबार विहानै खेतबारीमा देखिएको सलह शनिवार (आज) बिहान सम्मपनि खेतवारीमा नै रहेको छ । सहलले सबैभन्दा बढी मकै बालीमा क्षति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन् ।
पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढी पहिरोले वितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सहल प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भैनसकेको जनाएको छ ।
दुई हप्ता अघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिंगा, भकुण्डे लगायतका क्षेत्रमा सहल पानी परेपछि हराएको थियो । पहिरो र कोरोनाको कहरका बिचमा भित्रिएको सलहले बालि नष्ट गरेपछि कृषक निराश भएका छन् ।
सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । म्याग्दीका विभिन्न ठाउँहरुमा अझै पनि सलहको झुण्डले धान र मकै मात्रै होइन फलफल र तरकारीमा पनि ठूलो क्षति पुराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->