बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गुहेली सञ्चार सहकारीले ऋणमा ब्याजदर घटायो

गुहेली सञ्चार सहकारीले ऋणमा ब्याजदर घटायो


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७७, शनिबार

बागलुङ, २४ साउन– गुहेली सञ्चार सहकारी संस्था लि. बागलुङले आगामि असोज मसान्तसम्म शेयर लिनेलाई पुरानै सेवा शुल्क लिने निर्णय गरेको छ । सहकारी संचालक समितिका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले नयाँ सेयर सदस्यका लागि पुरानै सेवा शुल्क लिने निर्णय गरेको हो ।
पुराना सेयर सदस्यका लागि सेयर थप गर्न एक हजारदेखि नौ हजारसम्मका सेयर थप गर्ने, दश हजारदेखि ४० हजारसम्मको लागि ५० प्रतिशत सेयर थप गर्ने र सो भन्दा माथिका सेयर सदस्यलाई २५ प्रतिशत थप गर्न आग्रह गर्ने निर्णय गरेको सचिव सूर्य थापाले जानकारी दिए ।
बैठकले बागलुङ जिल्लामा रहेका सहकारीसँग एकीकरण गर्नको लागि अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा पाँच सदस्ययी वार्ता टोली गठन गरेको छ । समितिको सदस्यहरुमा टिकाराम उपाध्याय, प्रसाद थापा, प्रेम केसी, राजु गौतम रहेमन छन् ।
निक्षेपमा अवस्था समय हेरेर ६ देखि ८ प्रतिशत र ऋणमा पनि १२ देखि १४ प्रतिशत व्याजदर तोक्ने निर्णय गरेको छ । सहकारीले यस अगाडी ऋणमा १५ देखि १६ प्रतिशत व्याजदर लिदै आएको थियो । ऋण सेवा शुल्क समय अनुसार ३ महिनासम्मको ऋणमा एक प्रतिशत र सो भन्दा बापत दुई प्रतिशत लिने निर्णय भएको सचिव थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->