चामे (मनाङ), २५ साउन- हिमालपारीको जिल्लामा रहेको डिभिजन वन कार्यालय मनाङले गत आर्थिक बर्षमा ९५ प्रतिशत प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ९५ दशमलव १८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन बन अधिकृत विष्णु प्रसाद अधिकारीले वताए । संघ र प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा बन कार्यालयले सो प्रगति हासिल गरेको हो । दुवै सरकारले प्रशासनिक सहित बन कार्यालयका लागि १ करोड ८९ लाख बजेट बिनियोजन गरेका थिए । सो बजेट अनुसारका सवै कार्यप्रगति प्राप्त गरेको अधिकृत अधिकारीले वताए ।
संघिय सरकारबाट बिनियोजित बजेटमध्ये शशर्तमा कार्यक्रम अन्तर्गत चालु अन्तरगत विश्व वातावरण दिवस मनाउने, सार्वजनिक स्थल गाउँ नगर सरसफाई कार्र्यक्रम, फोहोरमैला व्यवस्थापन सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रम, प्रदुषण नियन्त्रण सम्वन्धी कार्यक्रम, हरित उद्यान पार्क कार्यक्रम थिए । पूँजीगत खर्च अन्तर्गत जडीवुटी विरुवा खरीद, फलफूल विरुवा उत्पादन तथा वितरण, नर्सरी सुधार कार्यक्रमहरु रहेका डिभिजन वन अधिकृत अधिकारीले वताए ।
त्यस्तै, प्र्रदेश सरकारको कार्यक्रममा पूँजीगततर्फ डिभिजन वन कार्यालयको भौतिक संरचना सुधार एवं पदमार्ग निर्माण थियो । चालु कार्यक्रम अन्तरगत कृषि वन विकास तथा विस्तार, वन्यजन्तु संरक्षण सम्वन्धी प्रचार प्रसार, संकटापन्न अवस्थामा पुगेका प्रजातिको वासस्थान संरक्षण, जडीवुटी विरुवा खरीद तथा वितरण, जडीवुटी उत्पादन तथा खेती विस्तार, भण्डारण, सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन, वृक्षारोपण क्षेत्रमा वारवन्देज तथा वृक्षारोपण, नर्सरीमा विरुवा उत्पादन तथा मर्मत लगायतका कार्यक्रम रहेका थिए ।
सवै कार्यक्रमहरु समपन्न भएको अधिकृत अधिकारीले वताए । यो कार्यालयको बेरुजु रकम शुन्य छ । वित्तिय अनुशासनको महत्वपूर्ण सूचक मानिने बेरुजु फस्र्योटमा यस कार्यालयले शत प्रतिशत उपलब्धी प्राप्त गरेको छ । 





