आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

इन्टरनेट गेम र बालबालिका

इन्टरनेट गेम र बालबालिका


  • कृषिता अधिकारी (निशा)
  • साउन २८ २०७७, बुधबार

साँच्चै नै आजको युग भनेको विज्ञान र प्रविधिको हो, मानिसहरु हिजोको ढुङ्गे युगदेखि विकसितहुँदै आजको २१ औं शताब्दीमा आईपुगेको छ । समयसंगै परिवर्तनका स्रोतहरु तिव्र गतिमा अगाडि बढिरहेका छन् । वास्तवमा भन्नुपर्दा आज सबैका हात हातमा प्राविधिक साधनहरु छन् । मानिसले उपभोग गर्ने साधनस्रोतहरु जस्तै विद्युतिय औजारदेखि लिएर हरेक वस्तुको सहजै उपभोग गरिरहेका छन् । आजको तुलनामा हिजोको दिन यस्तो पनि थियोे जहाँ साधनस्रोतको अभाव थियो । शिक्षा, स्वास्थ्य, रोजगार तथा अन्य क्षेत्रमा सेवा सुविधा पुगिसकेको थिएन तर आज अधिकांश देशका कुना–कुनामा भौतिक साधनस्रोत, सेवा सुविधाको पुहँच पुगिसकेको अवस्था छ ।
किनकी आजको यो जमाना भनेको सेकेन्ड मिनेटमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जोडिएर आफ्ना कार्यहरु गर्ने भैइसकेका छन् । अर्थात् विश्वभरमा इन्टरनेटले मानिस मानिसबीच सजिलोसँग जोडिन मद्दत गरेको छ । आज संसारभर छरिएर रहेका करोडौँ कम्प्युटरहरुको विचको सञ्जालको माध्यम नै इन्टरनेट बनेको छ । यसैको माध्यमबाट मानिसहरु विभिन्न सुचना आदान–प्रदान गर्ने, कहाँ के घटना भइरहेको छ त्यो छिटोछरितो हिसाबले थाहा पाउन सकिन्छ । जस्तैः हिजो पत्र व्यवहारमार्फत सुचना आदानप्रदान गरिन्थ्यो, अभिलेख, फाइलिङ आदिको प्रयोग गरिन्थ्यो भने आज इन्टरनेटको माध्यमबाट हामीले विद्युतिय तरङ्गबाट आफ्ना विभिन्न क्रियाकलापहरु गर्दछौं । वर्तमान परिस्थितिलाई हेर्ने हो भने कमै मानिसले मात्र यसको प्रयोग गर्दछन् । करिब ९० प्रतिशत मानिसहरु इन्टरनेटसंग जोडिरहेका छन् ।
वास्तवमा इन्टरनेट के हो त ? यसको शुरुवात कहाँबाट र कहिले भयो त ? यससम्बन्धि हरेक आम नागरिकले जानकारी लिनु जरुरी हुन्छ । विशेषगरी हाम्रा बालबालिकाहरुले यस सम्बन्धि राम्रोसँग ज्ञान लिएर इन्टरनेटको फाइदा र बेफाइदा जानीराख्नु जरुरी हुन्छ किनकी यसका राम्रा पक्षहरु पनि छन् र नराम्रा पक्षहरु पनि । वास्तवमा इन्टरनेट कम्प्युटर विद्युतिय प्रविधिअन्र्तगत विकास भएको एक विश्वव्यापी सञ्जाल वा कम्प्युटरहरुको समूह हो, जसमा संसारभरका कम्प्युटरसंग सम्बन्धित उपकरणहरु एक अर्कासंग सम्पर्कमा रहि सुचना आदानप्रदान गर्ने विद्युतिय माध्यम हो ।

हिजो हाम्रा नानीबाबुहरु सिर्जनात्मक र सक्रिय थिए । विभिन्न क्रियाकलापमा अप्बल थिए । जस्तो कि हाजिरजवाफ, वक्तृत्वकला, वादविवाद आदि हरेक क्रियाकलापमा सहभागी हुने गर्दथे तर आज बालबालिका इन्टरनेटको दुनियाँमा रमाइरहेका छन् ।

इन्टरनेटको शुरुआत सन् १९५० को दशकतिर सुरु भएको हो । सुरुमा यसको प्रयोग सिमित व्यक्ति तहतप्का र विश्वविद्यालयहरुले गर्ने गर्दथे तर विस्तारै सानो आकारबाट शुरु भएर सन् १९९५ बाट व्यवसायीक रुपमा सञ्चालन भएको इन्टरनेट हाल विश्वव्यापी रुपमा सञ्चालनमा आइरहेको छ । विभिन्न सञ्चारमाध्यमहरु, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरुमा अभिन्न पक्षहरुको रुपमा प्रयोग हुदैछ । साँच्चै नै आज इन्टरनेट आम मानिसहरुको आवश्यकता भएको छ किनकि इन्टरनेट यस्तो महत्वपूर्ण विद्युतिय साधन हो, जसमा हरेक पक्षहरु यसैमार्फत प्राप्त गर्न सकिन्छ, कहाँ के भइरहेका सत्य तथ्य घटनाक्रमहरु छिटोछरिटो रुपले खबर प्राप्त भइराख्छ भने सारा संसारनै यसैमा छ । हामीले राम्रो र नराम्रो पक्षहरु आफुले खोज्न चाहेका हरेक विषयहरु यसैमार्फत प्राप्त गरेका छौं ।
तर इन्टरनेट प्रयोगकर्ताहरुले कसरी यसलाई सदुपयोग गर्ने र दुरुपयोग गर्ने त्यो प्रयोगकर्ताको हातमा हुन्छ । किनकी इन्टरनेटमा राम्रो पक्ष पनि छन् र नराम्रो पक्षहरु पनि छन् सदुपयोग गर्ने जान्यो भने हामीले ज्ञानवर्धक कुराहरु प्राप्त गर्न सक्छौ । पछिल्लो समयमा इन्टरनेटको माध्यमबाट अनलाइन शिक्षा, स्वास्थ्य, शिक्षा तथा विभिन्न विधाका कला साहित्य, प्रेरणादायक सिकाइहरु तथा विभिन्न परिकारहरु खाने लाउनेदेखि लिएर हरेक क्रियाकलापका बारेमा सिप सिकाइरहेको हुन्छ । यसका साथै इन्टरनेटले मानिसलाई लुट्न चोर्न र अपराधीक क्रियाकलापमा हौसाइरहेको छ । हामीले देखिरहेका छौ कि इन्टरनेटका माध्यमबाट साइबर क्राइमका घटनाहरु घटेका छन्, त्यस संगसंगै इन्टरनेट गेमले बालबालिकालाई प्रत्यक्ष वा अ प्रत्यक्ष रुपमा असर पारिरहेको छ ।
करिब १५ वर्षको उमेर समुहका केटाकेटीले हप्तामा १५ घण्टासम्म इन्टरनेटमा बिताइरहेको एक अध्ययनले देखाएको छ । त्यसैगरी, पछिल्लो समयमा भन्नुपर्दा विषम परिस्थिति कोभिड–१९ को महामारीले स्कुल, कलेजहरु बन्द भएको कारणले हाम्रा बालबालिकाको शिक्षामा गहिरो असर परेको छ । हिजो हाम्रा नानीबाबुहरु सिर्जनात्मक थिए र सक्रिय पनि, विभिन्न क्रियाकलापहरुमा अप्बल थिए । जस्तो कि हाजिरजवाफ प्रतियोगिता होस, वक्तृत्वकला, वादविवाद आदि हरेक क्रियाकलापमा सहभागी हुने गर्दथे तर आज बालबालिका इन्टरनेटको दुनियाँमा रमाइरहेका छन् । हिजोका सृजनात्मक बालबालिका आज हरेक कुरामा पछि परेका छन । इन्टरनेट गेमले बालबालिको भविष्य बिगारिरहेको छ ।
सबैको घर घरमा इन्टरनेट सेवा पुगिसकेको छ, आफ्ना आवश्यकता पूरा गर्नलाई सबै इन्टरनेटसंग जोडिरहेका छौ र इन्टरनेट अपरिहार्य पनि छ । किनकि इन्टरनेटका माध्यमबाट पानी, विद्युतिय विल, बैंक सेवा सुविधा विभिन्न महत्वपूर्ण कागजातहरु आदानप्रदान गर्न, अनलाइन मिटिङ, सेमिनार तथा अनलाइन शिक्षा प्रणालीहरु सञ्चालन भइरहेका छन तर पछिल्लो समयमा लकडाउने बालबालिकामा निकै प्रभाव पारेको कारण बेलुका र बिहान मात्र मोवाइल चलाउने बालबालिका अहिले २४ सै घण्टा मोवाइलमा झुन्डिएर बसेको पाउन सकिन्छ । किनकि बालबालिका एक किसिमले स्वतन्त्रता महसुस गरेका छन्, पढाइको प्रेसरबाट मुक्त भएर इन्टरनेट गेममा लत बसालिसकेका छन ।
सरकारले अनलाइन शिक्षा प्रणाली सञ्चालन गरेपनि कतिपय अवस्थामा के देखिन्छ भने बालबालिका अनलाइन कक्षा कमै लिएको पाइन्छ भने कतिपय अवस्थामा पढ्ने बालबालिकाहरु अनलाइन शिक्षाबाट वञ्चित छन् । अर्कोतर्फ इन्टरनेट गेमले मानसिक सिकार बनाइरहेको छ, आत्महत्याजस्ता जघन्य अपराधलाई बढवा दिइरहेको पनि छ । हामीले बारम्बार सुनिरहेका हुन्छौं कि इन्टरनेट गेमका कारण बालबालिकाले आत्महत्या गरिरहेको नेपालमा अधिकांश बालबालिका पब्जि, फ्रिफ्राएर गेम बढि मात्रामा खेल्ने गरेकोे पाइन्छ । यसले बालबालिकामा कति असर परेको छ हामी अभिभावकले सोचेका छौं । अहिलेको समय भनेको बालबालिकाका भविष्यबारे सोच्ने समय हो, उनीहरुलाई यो उमेरमा राम्रो र नराम्रो पक्षहरु बुझाउने बेला हो तर हामी आफैं यी र यस्ता गतिविधिलाई बढवा दिइरहेका छौं ।
इन्टरनेट गेमका अलवा अन्य धेरै महत्वपूर्ण कुराहरु पनि छन् जसले हाम्रा बालबालिकालाई राम्रो ज्ञान दिन मद्दत गर्दछ । तसर्थ हरेक अभिभावकले आफ्ना बालबालिकालाई इन्टरनेट गेम खेल्नु हुँदैन, यसको फाइदा र असरबारे जानकारी गराउनुपर्छ र सरकारले पनि यो विषयमा गम्भीर हुनुपर्छ किनकी हाम्रा बालबालिका भोलिका कर्णधार हुन्, उनीहरुको भविष्य हाम्रो हातमा छ । त्यसैले सरकारले यी र यस्ता इन्टरनेट गेमहरुलाई बन्द गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->