शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेदीखोला गाउँपालिकाले युवालाई उद्यमी बनाउने

फेदीखोला गाउँपालिकाले युवालाई उद्यमी बनाउने


  • हिमलाल पराजुली
  • साउन २९ २०७७, बिहिबार

स्याङ्जा, २९ साउन – अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर फेदीखोला गाउँपालिकाले युवा उद्यमशिल कार्यक्रम सम्पन्न गरेको छ । बुधबार २१ औँ अन्तराष्ट्रिय युवा दिवसको गाउँपालिकाले अनलाइन संवाद कार्यक्रमको आयोजना गरेर युवाहरुलाई उद्यमी बनाउने अभियानमा गाउँपालिकाले काम अगाडी बढाएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
बैदेशिक रोजगारीबाट फर्किएका र गाउमै भएपनि बेरोजगार रहेका युवाहरुलाई काममा लगाएर रोजगार बनाउने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष सुवेदी बताउछन् । सुवेदीले भने, “युवाहरु अब बिदेश होइन आफ्नै देशमा बसेर सिप अनुसारको काम गर्नुपर्छ भन्ने धारणाको विकास गराउदै आत्म निर्भर बनाउन चाहान्छौ सोही योजना अनुसार गाउँपालिकाले युवा उद्यमशिल कार्यक्रम संञ्चालन गरेर युवाहरुलाई उद्यमी बनाउछ ।”
कार्यक्रममा सहभागि उद्यमी बन्न चहाने युवाहरुले गाउँपालिकाले युवाको क्षेत्रमा गर्ने सहयोग र बैकं वित्तीय संस्थाले गर्न सक्ने सहुलियत कर्जाको विषयमा जिज्ञासा राखेका थिए । अधिकाशं युवा उद्यमीहरुले कृषी कर्जा सहज रुपमा पाउन नसकेको गुनासो गरेका थिए ।
गाउँपालिकाले कृषी क्षेत्रलाइ प्रवद्र्धन गर्न एक घर एक टनेल, कृषि उपज संकलन केन्द«को स्थापना, किसानलाई अनुदानको ब्यवस्था, ब्याज र धितो बिना रु ५ लाख सम्म ऋणको ब्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->