बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

म्यानेजर्स क्लब प्रगति सहकारीमा

म्यानेजर्स क्लब प्रगति सहकारीमा


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

बागलुङ, ३० साउन– सहकारीका प्रवन्धकहरुको क्लब को–अपरेटिभ म्यानजेर्स क्लव (सिएमसी) बागलुङले शुक्रबार प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका कर्मचारीसँग अन्तरक्रिया गरेको छ । क्लबले हरेक हप्ताको शुक्रबार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजनाअनुसार प्रगति सहकारीका कर्मचारीहरुसंग परिचयात्मक कार्यक्रमसहित अन्तरक्रिया गरिएको क्लबका अध्यक्ष दिपकजंग राजभण्डारीले जानकारी दिए ।
सहकारीका कर्मचारीहरुबीच अनुभव आदानप्रदानका साथै क्षमता विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सहकारीहरुमा स्थलगत भेटघाट तथा अन्तरक्रिया शुरु गरिएको राजभण्डारीले बताए । कार्यक्रममा सहकारीको अवस्थाबारे जानकारी दिदै सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमार र उपाध्यक्ष तोयानाथ गौतमले क्लबले जिल्लाका सबै सहकारी र कर्मचारीहरुको मनोभाव बुझेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
क्लबका सचिव ताराप्रसाद शर्माले संचालन गरेको कार्यक्रममा क्लबका सदस्य टिकाराम सापकोटाले धन्यावाद मन्तव्यसहित समापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->