सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वर्षा छलेर सडक स्तरोन्नतीका काम

वर्षा छलेर सडक स्तरोन्नतीका काम

थपिएको समयमा धमाधम काम, समयमै काम सक्ने लक्ष


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७७, आइतबार
फाईल तस्विर

बागलुङ, ३२ साउन– साउन महिना, रातभर पानी पर्छ, दिनमा केहीबेर लागेको घामको मौका छोपेर बागलुङका केही सडकमा स्तरोन्नतीको काम चलिरहेको छ । सदरमुकाम बागलुङ बजार प्रवेश गर्ने बाङ्गेचौर खेलमैदानको घुम्ती साँघुरो भएकाले सवारीलाई निकै सास्ती थियो । पाँच मिटरको कालोपत्रे सडक सवारीको चाप र पैदलयात्रीका कारण दुर्घटनाको जोखिम देखेर गत आर्थिक वर्षदेखि स्तरोन्नतीको काम थालिएको हो ।
यो सडकमा थप ४.५ मिटर कालोपत्रे गर्ने काम चलिरहेको छ । संघ सरकारअन्र्तगत सडक विभागले झण्डै ५ सय मिटर सडक कालोपत्रेको काम गत वर्षनै थालेको हो । निर्माण कम्पनीले सम्झौताको केही समयपछि काम थाल्यो तर लकडाउनले प्रभावित भयो । चैतको ६ गते म्याद सकिएको यो सडक कालोपत्रेको काम थपिएको छ महिना म्यादभित्र सकिने गरी काम भैरहेको छ ।
‘नाली र कालोपत्रे दुवैको काम गर्दैछौं, थपेको समयमा काम सकिनेमा विश्वस्त छौं’ सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर टोप बहादुर थापाले भने ‘वर्षा छलेर घाम देखिँदा कालोपत्रेको काम गरेका छौं ।’ समयमा काम सक्न निर्माण कम्पनीको निगरानीका लागि आँफै कार्यस्थलमा रहेको थापाले दाबी गरे । ६६ लाख बजेटको यो योजनाको म्याद ६ महिना थपेर असोज ६ गते सकिने छ ।
एक मिटरसमेत कालोपत्रे सडक नभएको भन्दै ०७५÷०७६ आर्थिक वर्षबाट जैमिनी नगरपालिकाले बागलुङ–कुश्मीशेरा सडकखण्डअन्र्तगत आफ्नो नगरक्षेत्रमा पर्ने सडक कालोपत्रेको काम थालेको थियो । स्थानीय पूर्वाधार विकास सझेदारी कार्यक्रमअन्र्तगत १ हजार ५ सय मिटर सडक कालोपत्रे गरेको नगरपालिकाले गत आवमा पनि सोही कार्यक्रममा सहभागि भएर १ हजार १ सय मिटर कालोपत्रेको काम थाल्यो । तर असार मसान्तसम्म काम सकिएन् ।
भदौको मसान्त सम्मको म्याद थपेर उक्त आयोजनाको काम तिलक निर्माण सेवाले गरिरहेको छ । एक करोड ९० लाख रुपैयाँको साझेदारीको काम साउनमा धमाधम चलिरहेको छ । अधिक वर्षालाई छलेर उक्त सडकको टुनीबोट–कुश्मीशेरा खण्ड कालोपत्रेको काम चलिरहेको निर्माण कम्पनीले जनाएको छ ।
‘कालोपत्रे हालेको दुई घण्टा घाम देखिए पुग्छ, हिउँदमा कालोपत्रे गर्न सकिँदैन्’ जैमिनी नगरपालिकाका इन्जिनियर रामकृष्ण पौडेल भन्छन् ‘हामीले नै थपिएको म्यादमा काम सक्न ताकेता गरेका छौं, साउनमा काम धेरै भएको छ ।’ सोही सडकमा सडक विभागअन्र्तगतका खण्डहरुमा समेत म्याद थपिएकाले मेसिनरी वाल लगाउनेदेखि नाली निर्माणका कामले गति लिएको पौडेल बताउँछन् ।
प्रदेश र संघ सरकारले सडक विभागमार्फत जिल्लामा सञ्चालन गरेका सडकका योजनाको काम साउन सकिनै लाग्दा सुरु भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्डको काम समेत निर्माण कम्पनीले सुरुवात गरेको छ । अधिक वर्षाका बाबजुद ढलान र कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->