बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालोबजारी रोकौं, स्वास्थ्यमा ध्यान दिऔं : चेम्बर

कालोबजारी रोकौं, स्वास्थ्यमा ध्यान दिऔं : चेम्बर


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७७, आइतबार

बागलुङ, ३२ साउन– बागलुङ चेम्बर अफ कमर्सले चाडपर्व भित्रिन लागेकोले बजारमा कालोबजारी रोक्न आग्रह गरेको छ । साथै बजारमा हुने कृतिम अभाव बिरुद्ध पनि सचेत रहन सबै व्यवसायीलाइ अपिल गरेको छ ।
चेम्बरका तेजबहादुर कुँवर (सन्तोष)ले बिज्ञप्ती प्रकाशित गरेर औषधि, पेट्रोलियम पदार्थ र खाद्यान्न र दैनिक उपभोग्य बस्तुहरुको अभाव सिर्जना गर्ने तथा कालोबजारी हुन नदिन सचेत बन्न पनि आग्रह गरेका हुन् । कोरोना भाइरसको जोखिम बढीरहेकोले सरकारले जारी गरेको निर्देशिकाहरु पूर्ण रुपमा पालना गर्न व्यवसायीको ध्यानाकर्षण गराएको उनले बताए । चाडपर्वमा भीडभाड गर्दा सर्ने जोखिम भएकोले सामाजिक दुरी कायम गरेर व्यवहार गर्नपनि भनेको छ । अनिवार्य मास्क लगाउन, स्वास्थ्य सुरक्षाका सामाग्री लगाउन, स्वस्थ्यकर खाना मात्रै खान र मठमन्दिर र सभासम्मेलनमा नजान पनि आग्रह गरेको हो ।
विश्वस्वास्थ्य संगठनले पनि लकडाउन हटेपछि समुदाय र बजार क्षेत्रमा बढेको भीड र अनावस्यक घर बाहिर निस्कने बानीले संक्रमण बढेको औल्याएको थियो । साथै बागलुङमा पनि पछिल्लो समय संक्रमण बढ्नुमा लापरबाही देखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->