सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे

अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे

सधैं सक्रिय र सम्मानित


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७७, मंगलबार

काठमाडौं, २ भदौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।
सधैं सक्रिय र सम्मानित
१९७६ सालमा लमजुङको पुस्तुनमा जन्मेका माधवप्रसाद घिमिरे सय बर्ष कटेका थिए । उनी पछिल्लो समयसम्म निकै सक्रिय थिए । शोक काव्य गौरीका सर्जक घिमिरे अहिले ऋतम्भरा महाकाव्य लेखिरहेका थिए । दीर्घजीवन र सक्रियता उनको विशेषता थियो । आउँदो असोज ७ गते उनी एक सय २ बर्षका पुग्दै थिए । उनका कृतिहरु नेपाली साहित्यमा निकै चर्चित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->