शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा कोरोनाले हालसम्म ७ जनाको ज्यान लियो

गण्डकीमा कोरोनाले हालसम्म ७ जनाको ज्यान लियो

मृत्युहुने अधिकांशमा दिर्घ रोगको संक्रमण


  • संजय रेग्मी
  • भाद्र ३ २०७७, बुधबार

पर्वत, ३ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमण पोजेटिभ देखिएका ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, गण्डकीमा सोमबार राती र मंगलबार बिहान उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा पहिलो मृत्यु गत जेठ २६ गते भएको थियो । उनी स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षिय पुरुष थिए । ६ महिनाअघि उपचारको लागि भारतको मुम्बईमा गएका उनी जेठ २१ गते नेपाल फर्किएका थिए । लामो समयदेखि मिर्गौलाको रोगबाट ग्रसित भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
गण्डकीमा दोस्रो मृत्यु पनि स्याङ्जाकै भयो । असार ११ गते सिरुबारीका ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । उनमा संक्रमणको पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागिएकोमा त्यहीँ मृत्यु भएको थियो । ती पुरुषको स्वास्थ्य अवस्था नाजुक बनेपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।
असार २० गते बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ देवीस्थानका २९ वर्षिय युवकको पनि कोरोनाकै कारण मृत्यु भयो । निसीखोला घर भएपनि बाटैमा पर्ने ढोरपाटन नगरपालिकाका ४ खुँगाको क्वारेन्टाइनमा राखिएका उनको त्यहीं मृत्यु भएको हो । फोक्सो सम्बन्धी समस्या रहेका ती युवा भारतमा उपचार गराएर जिल्लामा आएका थिए । सोही दिन नै गोरखामा एक ४४ वर्षिय पुरुषको मृत्यु भयो । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका ७ का उनमा निमोनियाको संक्रमण रहेको पाइएको थियो ।
असार २४ गते कास्कीको पोखरा महानगरपालिका १९ लामाचौरका ६२ वर्षिय पुरुषको मृत्यु भएको थियो । उनी आफै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेर संक्रमणको अवस्थाबारे जाँच गराएका थिए । असार १७ मा गरिएको परीक्षणमा कोरोना पोजेटिभ रहेको पुष्टि भएपछि उपचाररत उनको ७ औँ दिनमा मृत्यु भयो । यी पुरुष कोरोनाबाट मृत्यु हुने कास्कीको पहिलो हुन् ।
संक्रमितहरूको संख्या बढ्दै गइरहेको र देशका अन्य जिल्लामा पनि मृत्युदर बढिरहेको बेलामा भदौ २ गते कास्कीका एक पुरुष र तनहुँकी एक महिला गरी २ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिकाका १६ का ८७ वर्षिय पुरुषको उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा र तनहुँकी ५० वर्षिया महिलाको पोखराकै सेवा अस्पतालमा उपचारको क्रममा सोमबार राती मृत्यु भएको हो । मृतक महिला हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुलगायतका रोगबाट ग्रसित रहेकी थिइन् । पोखराका मृतक पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेकोमा उच्च ज्वरोसमेत देखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->