स्याङ्जा, ४ भदौ – गल्याङ नगरपालिकाले आरन व्यावसाय गर्दै आएकाहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकाभित्रका आरन व्यावसाय सञ्चालन गर्दै आएका दलित समुदायलाई आरन व्यवस्थापनका लागि हातेमेसिन वितरण गरिएको हो ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले व्यावसायीहरुलाई आरनमा प्रयोग गरिने हातेमेसिन हस्तान्तरण गर्दै परम्परादेखि चल्दै आएका पेशा र व्यावसायको संरक्षणको लागि नगरपालिकाले सहयोग गर्ने बताए । नगरमा आरन व्यावसाय गर्दै आएका १७ जनालाई मेसिन हस्तान्तरण गरिएको हो ।





