सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भाले र उज्यालो

भाले र उज्यालो


  • मन क्षेत्री
  • भाद्र ६ २०७७, शनिबार

मलाई थाहा छ
कि, सबेरै भाले नबासे पनि
उज्यालो हुनेछ ।
मलाई थाहा छ
कि, निथ्रुक्क नभिजे पनि शितले
बिहान हुनेछ ।
मलाई थाहा छ
यो सर्वथा सत्य हो
कि यो सब तिमिलाई पनि थाहा छ ।
यसर्थ, हर सवेरा तिम्रो लागि बास्छ तिम्रो भाले
तिम्रो उज्यालोको लागि बास्छ ।
किनकि तिमी बिहानको उज्यालोलाई भन्दा
भालेको उज्यालोलाई प्रेम गर्छाै ।
कुनैदिन समयको कालो कराईमा
झोलझाम्टा हुनेछ तिम्रो भाले
पिइदिनेछ कसैले सित्त नबनाएर तिम्रो भालेको उज्यालो
मलाई थाहा छ ।
त्यसदिन कि तिमि सुतिरहेकै हुनेछौ
कि राती नै उठेर निस्कनेछौ घर बाहिर
कुनै अर्को भालेको खोजीमा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->