शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भात मीठो जेठोबुढोको

भात मीठो जेठोबुढोको

ढोरपाटन दैनिकको १८ औं बार्षिकोत्सव विशेष सामग्री


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७७, बुधबार

दूधभात नेपालीका लागि सम्पन्नताको प्रतीक हो । नेपालीको चुलोमा संसारकै सबैभन्दा उचाइमा फल्ने मार्सीदेखि मनसुलीसम्मको भात पाक्छ । धानको जात र मसिनोपनले भातको गुणस्तर निर्धारण गर्छ । र, मीठो–मसिनो भातको कुरा गर्दा पोखरेली जेठोबुढोको नाम आइहाल्छ ।
पोखरा र आसपासको रैथाने धान हो, जेठोबुढो । पानी धेरै भएको ठाउँमा फल्ने जेठोबुढोको बास्ना नै अद्भुत हुन्छ । खाँदा जिब्रोमै स्याम्म हुनु यसको अर्को विशेषता हो । ६ सयदेखि ९ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान चिसो पानीमा राम्रो हुन्छ । पोखरा र आसपासका किसानले परापूर्वकालदेखि लगाउँदै आएको जेठोबुढो बढ्दो सहरीकरणको कारण संकटमा पर्दै गए पनि यसप्रतिको आकर्षण भने घटेको छैन ।
जेठोबुढोप्रतिको यही आकर्षणलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक संस्थाले यो धान संरक्षण अभियान नै चलायो । लि–बर्डकै पहलमा पोखरेली जेठोबुढो बाली विज्ञान प्रयोगशालामा दर्ता गरिएको छ । धेरै उत्पादन दिने हाइब्रिडले
कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान विस्थापित गरे पनि जेठोबुढो विस्थापित भएको छैन । पोखरावरपर पछिल्लो समयमा जेठोबुढो धान रोप्ने किसान बढेका छन् । बजार मूल्य बढी छ अनि रैथानेपनको बेजोड स्वादका कारण जेठोबुढो ‘जेठो’ भइरहेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->