बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङ पुग्ने जो कोही लाई १४ दिन क्वारेन्टाइनमा राखिने

मुस्ताङ पुग्ने जो कोही लाई १४ दिन क्वारेन्टाइनमा राखिने

स्याउ टिप्न स्थानीय मजदुर, खरिद गर्नेले क्वारेन्टाईबाटै दुरी कायम गरेर किन्नु पर्ने ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७७, शुक्रबार
फाईल तस्विर

बागलु, १२ भदौ– मुस्ताङमा कोरोना भाईरसका सक्रिय संक्रमित छैनन् । साउनबाटै मुस्ताङ सक्रिय संक्रमित मुक्त बनेको हो । हिमालपारीको जिल्लालाई सक्रिय संक्रमित मुक्त बनाईराख्नको लागि जिल्ला बाहिरी जिल्लाबाट मुस्ताङ भित्रीने जोकोहीलाई १४ दिन क्वारेन्टाईन बस्नुपर्ने व्यवस्था मुस्ताङमा लागु गरिएको छ । शुक्रबार जिल्ला संकट व्यवस्थापन समितिको बैठक बसेर पास लिएर आएकालाई समेत अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने निर्णय गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।
‘पास नभएको व्यक्ति तथा सवारी साधनलाई मुस्ताङ जिल्ला प्रवेश गर्ने नाका घाँसाबाटै पूर्ण रूपमा रोक लगाएका छौँ,’ उनले भने, ‘यदि कोही पास बनाएर आएको छ भने यो ऊ नभनीकन अनिवार्य रूपमा १४ दिन क्वारेनटाइनमा बस्नैपर्छ, अरू विकल्प नै छैन ।’ यो निर्णयले जिल्लामा संक्रमण हुन नदिन र भइहाले पनि त्यो अवस्थालाई नियन्त्रणमा लिन सजिलो हुने उनले विश्वास दिलाए । बैठकबाट मुस्ताङका ५ वटै स्थानीय तहले तुरुन्तै प्रिआइसोलेसन र क्‍वारेन्टाइन निर्माण गरी एक साताभित्र व्यवस्थापन केन्द्रमा त्यसको जानकारी पठाइने निर्णय भएको छ ।
त्यस्तै मुस्ताङमा उत्पादित स्याउ तथा तरकारी बिक्री र खरिद व्यवस्थापनका लागि बगैँचा धनीको जिम्मेवारीमा वडाबाट सिफारिस गरेमा ठेकेदार वा बिक्रेतालाई क्‍वारेन्टाइनमा रहँदै भौतिक दूरी कायम गरेर बगैँचा हेर्न मात्र दिइने छ । तर जिल्लाभित्रका कामदारलाई मात्र टिप्न खटाउने, सङ्क्रमित व्यक्तिको मृत्यु भएमा घरपझोङ गाउँपालिकाबाहेक ४ वटा स्थानीय तहमा अनुरोध गर्ने, कामदार लैजानुपरे ठेकेदारले जिम्मा लिनेलगायत निर्णय पनि भएका छन् । घरपझोङले भने पहिले नै शव व्यवस्थापनका लागि ठाउँको निधो गरिसकेको छ । विस्तारित रूपमा राखिएको बैठकमा मुस्ताङका सांसदहरू, गाउँपालिकाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->