आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

धौलागिरी अस्पतालमा कोरोना प्रयोगशालाका लागि एक करोड

धौलागिरी अस्पतालमा कोरोना प्रयोगशालाका लागि एक करोड

कोरोना संकट रोकथाम, नियन्त्रण तथा उपचार कोषको बैठकले धौलागिरी अस्पतालमा कोरोना परीक्षण प्रयोगशालाका लागि एक करोडको व्यवस्था गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०७७, शनिबार

बागलुङ, १३ भदौ – बागलुङको धौलागिरी अस्पताल बागलुङसहित देशका दशवटा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको सरकारले दुई महिनापछि ल्याव स्थापनाको प्रक्रिया थालेको छ । असार १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरी अस्पताललगायतका १० ठाउँमा कोभिड–१९ को पिसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो । त्यसको कार्यान्वयनका लागि पहिलो चरणमा तीन ठाउँमा प्रयोगशला स्थापना गर्न एक/एक करोड रुपैयाँ विनियोजन भएको छ ।
गत भदौ २ गते बसेको कोरोना संकट रोकथाम, नियन्त्रण तथा उपचार कोषको बैठकले बागलुङको धौलागिरी अस्पताल, पाल्पा अस्पताल र धनकुटा अस्पतालमा प्रयोगशाला स्थापनाका लागि बजेटको व्यवस्थापन गरेको हो । ‘एक करोड रुपैयाँ छुट्टिएको जानकारी आएको छ, प्रयोगशाला बनाउने काम अस्पतालकै हो । बजेट पनि उहीँ आउँछ’ जिल्ला संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, ‘विनियोजनको खबर आयो अख्तियारी आएको छैन् ।’
समितिले बजेट विनियोजन भएको जिल्ला संकट व्यवस्थापन समिति र अस्पताललाई जानकारी गराएको छ । प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजनको खवर आएपछि धौलागिरी अस्पतालले आन्तरिक तयारी थालेको छ । ‘हामीले प्रयोगशालाका प्रविधिकहरुसँग छलफल गरिरहेका छौं, अख्तियारी पाउनासाथ काम अघि बढ्छ’ अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले भने ‘सबै प्रक्रिया पुरा गर्दा बढीमा डेढ महिनामा प्रयोगशाला तयार हुन्छ ।’ अस्पतालमा प्रयोगशला स्थापना भएमा साविकको धौलागिरी अञ्चलका चार जिल्लाका झण्डै छ लाख जनसंख्या लाभान्वित हुने छन् ।
‘अहिलेसम्म हामीले खर्चेर प्रयोगशाला बनाउने अथवा संकट व्यवस्थापन समितिले नै प्रक्रियामा गएर मेसिन किन्ने भन्ने टुंगो छैन’ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने ‘हामीलाई अख्तियार्री आए छोटो प्रक्रियाबाटै काम थाल्छौं ।’ यसअघि पोखरामा रहेको प्रयोगशालामा मात्रै परीक्षण गर्दा रिपोर्ट ढिला आएको भन्दै बागलुङका दशवटै स्थानीय तह मिलेर पिसिआर मेसिन किन्ने निर्णय भएको थियो ।
‘संघले नै बजेट पठाएकाले अब हामीले किन्नुपरेन’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन् ‘जतिसक्दो छिटो बजेट कार्यान्वयन गराउन हामीले सहयोग गर्छौं ।’ अहिले गण्डकी प्रदेशमा २ ठाउँमा रहेको प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण हुने गर्दछ । सरकारले सम्भावित संक्रमितको अवस्था हेरेर बागलुङमा प्रयोगशाला स्थापना गर्न थालेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->